अमेरिकामा कोरोना संक्रमित १ लाख नाघे, १५४३ को मृत्यु


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मृतकको संख्या १५ सय ४३ पुगेको छ ।

संक्रमित संख्यामा अमेरिकाले इटली र चीनलाई हिजै उछिनेको हो । हिजोदेखि नै सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । अमेरिकाको पनि न्युयोर्क राज्य कोरोनाको नयाँ इपिसेन्टर बनेको छ ।

न्युयोर्कमा मात्र संक्रमितको संख्या झण्डै ४५ हजार पुगेको छ । न्युजर्सीमा पनि संक्रमितको संख्या ८ हजार ८ सय २५ पुगेको छ । कनेक्टिकटमा १२९१ मा संक्रमण पुष्टी भएको छ ।

अमेरिकामा विगत २४ घण्टामामात्र झण्डै १५ हजार कोरोना संक्रमणका नयाँ बिरामी पुष्टी भएका हुन् । विगत २४ घण्टामा मृतकको संख्या २४८ रहेको छ । न्युयोर्क सिटीको पनि क्वीन्समा कोरोना संक्रमित बिरामी सबैभन्दा धेरै रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com