न्युयोर्कमा कति नेपाली कोरोना संक्रमित ?


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

न्युयोर्कमा कति नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ? यो प्रश्न अमेरिकामा बस्ने धेरै नेपालीहरुको मस्तिष्कमा खेलिरहेको छ । अझ न्युयोर्कमा रहेका नेपालीहरुको मन मस्तिष्कमा अहिले यो प्रश्न टड्कारो रुपमा उठिरहेको छ ।

न्युयोर्क सिटीको पनि क्वीन्समा सबैभन्दा धेरै संक्रमित भएको र क्वीन्समा मात्र संक्रमितको संख्या ८ हजार नाघेको अवस्थामा यो प्रश्न स्वभाविक छ । किनभने न्युयोर्क क्वीन्स नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

अहिलेसम्म न्युयोर्कको ज्याक्सनहाइट आसपासमा एकदर्जन भन्दा धेरै नेपालीहरुमा कोरोना संक्रमण भएको जानकारी खसोखासलाई प्राप्त भएको छ । दुईजना नेपालीहरु एल्महस्र्ट अस्पतालमा उपचार गराइरहेको आधिकारिक जानकारी प्राप्त भएको छ भने अरु घरमै रहेका छन् । यो संख्या खसोखाससँगको सम्पर्कमा आएकाहरुको संख्या हो । तर कति नेपालीहरु संक्रमित छन् भन्ने यकिन तथ्यांक कतैपनि छैन ।

आज अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीबाट आयोजित कन्फ्रेन्स कल बैठकमा न्युयोर्कका विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र अगुवाहरुले पनि यसबारे प्रश्न उठाएका छन् । बैठकमा बोल्दै प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता सञ्जय थापाले न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मात्र ५ जना कोरोना पोजेटिभ नेपालीहरुले उपचार गराइरहेको अनौपचारिक जानकारी प्राप्त भएको बताए । न्युयोर्कमा कोरोना संक्रमित नेपालीहरुले आफ्नो परिचय नलुकाएको खण्डमा नेपाली समुदायमा कोरोना संक्रमण फैलिन कम हुनसक्ने थापाले बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यस्तै बैठकमा बोल्दै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले न्युयोर्कमा मात्र कोरोना संक्रमितको संख्या दुई तीनसय भएको बताए । एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले संक्रमित नेपालीहरुलाई सहयोग गरिरहेको र सक्रमितको संख्या बढिरहेको बताए । बैठकमा बोल्दै जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले न्युयोर्कमा कोरोना संक्रमित नेपालीहरुको संख्या चारपाँचसय भन्दा बढी हुनसक्ने बताए ।

न्युयोर्कमा कोरोना संक्रमणबाट एकजना नेपालीको मृत्यु भइसकेको छ भने उनका परिवारमा पनि संक्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com