अमेरिकामा कोरोना संक्रमण भयाभह : चीनलाई उछिनेर पहिलो नम्बरमा


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

कोरोना संक्रमित संख्यामा अमेरिकाले चीन र इटलीलाई उछिनेको छ । अब कोरोना संक्रमितको संख्या अमेरिका पहिलो नम्बरमा आएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८१ हजार ८६४ पुगेको छ । इटलीमा भने कुल संक्रमितको संख्या ८० हजार ५ सय ८९ रहेको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ११७३ जनाको मृत्यु भएको छ । यद्यपी इटलीमा मृत्युदर निकै उच्च रहेको छ । इटलीमा मृतकको संख्या ८ हजार २ सय १५ पुगेको छ ।

चीनमा संक्रमितको संख्या ८१ हजार २ सय ८५ रहेको छ भने नयाँ संक्रमितको संख्या निकै कम रहेको छ । चीनमा कोरोना संक्रमणबाट ३२८७ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्क कोरोना संक्रमणको नयाँ इपिसेन्टर बनेको छ । न्युयोर्क राज्यमा मात्र ३७ हजार ७ सय ३८ मा संक्रमण भएको छ । न्युयोर्कको पनि न्युयोर्क सिटीमा सबैभन्दा धेरैमा कोरोना संक्रमण भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com