कोरोनाको डरलाग्दो रेकर्ड : विश्वभर संक्रमित ५ लाख नाघे, मृतक २३ हजार नाघे


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

विश्वभर कोरोना भाइरसबाट सक्रमितको संख्या ५ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५ लाख ९ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार ८ पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउने सबैभन्दा धेरै इटलीमा ८ हजार १ सय ६५ रहेका छन् भने चीनमा मृतकको संख्या ३२८७ रहेको छ । इटलीमा संक्रमितको संख्या ८० हजार ५ सय ३९ पुगेको छ ।

अमेरिकामा मृतकको संख्या १ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म १ हजार ८१ को ज्यान गएको छ भने ७५ हजार १ सय २० मा संक्रमण पुष्टी भएको छ ।

अमेरिकाको न्युयोर्कमा मात्र ३७ हजार २ सय ५८ मा संक्रमण भएको छ । न्युयोर्क राज्यमा मृतकको संख्या ३८५ पुगेको छ ।

स्पेनमा ५६ हजार १ सय ९७ जनामा संक्रमण पुष्टी भएको छ भने जर्मनीमा ४३ हजार ६ सय ४६ मा संक्रमण भएको छ । स्पेनमा मृतकको संख्या पनि ४१४५ पुगेको छ ।

इरानमा २९ हजार ४ सय ६ मा संक्रमण भएको छ भने २२३४ को मृत्यु भएको छ । फ्रान्समा २५ हजार २ सय ३३ संक्रमित छन् भने स्वीट्जरल्याण्डमा ११ हजार ७ सय १२ जना संक्रमित छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com