अमेरिकामा कोरोना संक्रमित ६६१३२, आजमात्रै २ सय १६ को मृत्यु


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

अमेरिकाभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६६ हजार १ सय ३२ पुगेको छ । यो समाचार तयार पार्दासम्म मृतकको संख्या ९४७ पुगेको छ । आजमात्रै २ सय १६ को मृत्यु भएको रिपोर्ट गरिएको छ । चारदिन अगाडि आइतबार विहानसम्म अमेरिकामा मृतकको संख्या ३२६ रहेको थियो ।

मंगलबार १६४ को मृत्यु भएको रिपोर्ट गर्दा त्यो अहिलेसम्मकै उच्च थियो । तर आज २१६ को मृत्यु भएकाले हिजोको तथ्यांकलाई पनि उछिनेको छ । न्युयोर्क राज्यमा २८५ जनाको मृत्यु भएको छ , जसमध्ये १९९ न्युयोर्क सिटीकामात्र छन् ।

न्युयोर्कमा अहिलेसम्म ३० हजार ८ सय ५१ जनामा संक्रमण पुष्टी भएको छ । न्युयोर्क सिटीमामात्र १७ हजार ८ सय ५६ मा संक्रमण पुष्टी भएको छ । न्युयोर्कको वेष्टचेस्टरमा ४६९१, नासु काउन्टीमा ३२८५, सफल्कमा २२६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

न्युयोर्क पुलिस डिपार्टमेन्टका २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये १९७ जना अफिसरहरु हुन् भने अन्य सिभिलियनहरु हुन् । ती बाहेक ३२ सय प्रहरी अधिकारीहरु बिरामी विदामा रहेका छन् । जुनसंख्या न्युयोर्क पुलिस डिपार्टमेन्टको ९ प्रतिशत हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com