मैले १२ सय डलरको चेक पाउन के गर्नुपर्छ ?


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

कोरोनाको महामारीबाट जुध्न अमेरिकी सरकारले हरेकलाई दिने १२ सय डलरको चेकबारे अहिलेसम्म संसदबाट बिल पारित भइसकेको छैन । यो प्याकेजबारे सिनेट र ह्वाइट हाउसबीच सहमति भइसकेको छ ।

कोरोना भाइरसको महामारी सम्बन्धमा आईआरएएसले नयाँ पेज बनाएको छ । उक्त पेजमा अहिलेसम्म १२ सय डलरको चेकबारे कुनै जानकारी उपलब्ध भइनसकेको र यसबारे अहिले आईआरएएसलाई फोन नगर्न सुझाव दिइएको छ ।

बिल पारित भइसकेपछि आईआरएसले यसबारे आफ्नो वेवसाइटमा जानकारी दिनेछ । त्यो प्राप्त गर्ने प्रकृया लगायतका विषयमा पनि आईआरएसको वेवसाइटमा जानकारी दिइनेछ ।

आइआरएसको कोरोना भाइरसबारेको पेज हेर्न यहाँ क्लिक गर्नुहोला ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ट्याक्स फाइल गर्ने डेडलाइन जुलाई १५ सम्मका लागि थप गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि अमेरिकाको ट्रेजरी डिपार्टमेन्टबाट भन्दै कसैले कोरोना भाइरस सम्बन्धित चेक, राहत उपलब्ध गराउने भन्दै फोन, इमेल वा अन्य तरिकाले सम्पर्क गरेमा उनीहरुलाई जवाफ नदिन आईआरएएसले सुझाव दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com