लकडाउन र क्वारेन्टाइन अवज्ञा नगरौं, यस्तो छ कानुनी प्रावधान


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

– शीतल पाण्डे

कानूनको अज्ञानता क्षम्य हुदैन (Ignorance of Law is not excused) ,कानून जो कसैलाई पनि बराबर लागू हुन्छ, (Equal treatment of Law is exist), कानूनको अगाडी सबै समान हुन्छन् (All are Equal before Law) भन्ने बिश्व प्रसिद्ध कानूनी सिद्धान्त ले कानूनको पालना लाई अनिवार्य र नियमित गर्न संबिधान तथा बिभिन्न ऐन कानूनतः मानिसलाई एउटा परिधि निर्धारण गरिदिएको छ ।

हरेक परिस्थितिमा एउटा परिधिभित्र रही अनुशासन कायम राख्नु एक अर्थले कानूनको पालना गर्नु हो भन्ने सामान्य अर्थमा बुझ्न सकिन्छ । हरेक व्यक्ति अनुशासित भएमा स्वतः अपराधिक क्रियाकलाप नहुने र समाजमा अमनचयन कायम हुने गर्दछ । समाजमा शान्ति, सुरक्षा, अमन चयन कायम गराउने दायित्व निर्वाह गर्ने क्रममा राज्यले बिभिन्न कानून निर्माण गरेको हुन्छ ।

यस्तो कानूनको मक्सद पूरा गर्न दण्ड सजाँयको समेत व्यवस्था गरेको हुन्छ । कानूनको पालना नागरिकको कर्तब्य हुन आउँछ । अझ विशेष परिस्थितीमा राज्यले लागू गरेको नियम कानून पालना गर्नु हरेक नागरिकको अनिवार्य हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनको वुहानबाट शुरु भएको कोरोना भाईरस, कोभिड १९० को प्रकोप विश्वव्यापी रुपमा फैलिरहेको कारण संसारका सबै भन्दा शक्ति राष्ट्रहरु समेत विषम परिस्थितिबाट गुज्रिरहेका छन् । बिश्वका १९६ देशहरुमा फैलिसकेको यो भाईरसको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । एक जना संक्रमित निको भएपछि अरु कसैमा संक्रमण नपार्ईएको भएता पनि संचार मन्त्रिले पत्रकार सम्मेलन गरी थप एक संक्रमित पुष्टि गरेको र पुनः अर्को संक्रमित व्यक्तिको पुष्टि भई तीन जनाको संक्रमण पुष्टिी हुनुले हरेक नेपाली सचेत हुनु पर्ने खतराको घष्टी बजाएको छ ।

तसर्थ उपप्रधानमन्त्री तथा रक्षा मन्त्रि ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण सम्बन्धी बिशेष उच्च स्तरीय बैठकले हिँजो बिहान देखि लागू हुने गरी देशभर एक हप्ताको लागि लक डाउन गर्ने निर्णय गरेको छ ।

तर लक डाउनको समयमा पनि नागरिकहरु अनावश्यक रुपमा सडकमा निस्किएको र अझ ५ बजे पछि लकडाउन पूरै अवज्ञा गरेकोले लकडाउन तोडेमा कस्तो कानूनी कार्बाही हुने भन्ने जान्नु र त्यसको पालना हुनु पर्ने टट्कारो आवश्कता रहयो ।

मुलूक तथा सारा बिश्व अहिले कोरोना भाइरस अर्थात कोभिड १९ फैलिन सक्ने महासन्त्रासका साथ बिषम परिस्थितिबाट गुज्रीरहेको छ । यस्तो खतरनाक भाईरसले चिन, अमेरिका जस्ता शक्तिशाली तथा साधन स्रोत सम्पन्न मुलूकलाई त त्राही त्राही बनाईरहेका छन्, स्थिति काबुमा ल्याउन हम्मे हम्मे परिरहेको छ भने यसले हाम्रो जस्तो साधन स्रोत बिहिन मुलूकलाई भयाबह बनाउन सक्छ यदि नियम र कानूनमा बसेर व्यबहार गरिएन भने । राज्यद्धारा लागू गरिएका नियम कानून नागरिकले पालना गर्नु र राज्यले यसको पालना नगर्ने जो कोहिलाई कानूनको दायरामा ल्याई कार्बाही नै गर्नु पर्ने अवस्थाहरु सृजना भईरहेका छन् ।

भारतका बिभिन्न स्थानबाट आएका नेपालीहरु सरकारले व्यस्था गरेको क्वारेन्टाईन्बाट सोमबार भागेको समाचारले यसरी क्वारेन्टाईनबाट भागेका व्यक्ति यदि संक्रमित रहेछन् र यस्तो सङ्क्रामक रोग फैलाई अरुलाई समेत संक्रमित बनाएको खण्डमा कस्तो कानूनी कार्बाही हुने सम्बन्धमा हरेक नागरिक जान्नु पर्ने आवश्यकता रहयो ।

उता कोरोना भाईरसको संक्रमण देखिएकी युवतीसंगै चैत्र ४ गते कतार एयरलाईन्सको त्तच्टछद्द का २०६ यात्रु तथा क्रु मेम्बर समेत खोजि गरी क्वारेन्टाईनमा राख्नुु पर्ने त्यसै गरी तेस्रो कोरोना भाईरस संक्रमित एक युवक आएको एयर अरेबियाका यात्रु तथा क्रु मेम्बरलाई समेत खोजी गरी क्वारेन्टाईनमा राख्नु पर्ने स्थितिको सृजना भएको छ । क्वारेन्टाईनमा बस्न नमाने वा भाग्नेलाई हुने कानूनी कार्बाहीको समेत जानकारी राख्नु अत्यावश्यक भएको छ ।

लक डाउन तोडेमा के हुन्छ सजाय ?

संक्रमण रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐनको दफा ३ को उपदफा १ र २ ले क्रमशः जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ, जस अनुसार उपदफा १ ले भनेको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु। १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’ उपदफा २ ले भनेको छ, ‘यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु। ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

मुलूक तथा सारा बिश्व अहिले कोरोना भाइरस अर्थात कोभिड १९ फैलिन सक्ने महासन्त्रासका साथ बिषम परिस्थितिबाट गुज्रीरहेको छ । यस्तो खतरनाक भाईरसले चिन, अमेरिका जस्ता शक्तिशाली तथा साधन स्रोत सम्पन्न मुलूकलाई त त्राही त्राही बनाईरहेका छन्, स्थिति काबुमा ल्याउन हम्मे हम्मे परिरहेको छ भने यसले हाम्रो जस्तो साधन स्रोत बिहिन मुलूकलाई भयाबह बनाउन सक्छ यदि नियम र कानूनमा बसेर व्यबहार गरिएन भने । राज्यद्धारा लागू गरिएका नियम कानून नागरिकले पालना गर्नु र राज्यले यसको पालना नगर्ने जो कोहिलाई कानूनको दायरामा ल्याई कार्बाही नै गर्नु पर्ने अवस्थाहरु सृजना भईरहेका छन् ।

भारतका बिभिन्न स्थानबाट आएका नेपालीहरु सरकारले व्यस्था गरेको क्वारेन्टाईन्बाट सोमबार भागेको समाचारले यसरी क्वारेन्टाईनबाट भागेका व्यक्ति यदि संक्रमित रहेछन् र यस्तो सङ्क्रामक रोग फैलाई अरुलाई समेत संक्रमित बनाएको खण्डमा कस्तो कानूनी कार्बाही हुने सम्बन्धमा हरेक नागरिक जान्नु पर्ने आवश्यकता रहयो । उता कोरोना भाईरसको संक्रमण देखिएकी युवतीसंगै चैत्र ४ गते कतार एयरलाईन्सको त्तच्टछद्द का २०६ यात्रु तथा क्रु मेम्बर समेत खोजि गरी क्वारेन्टाईनमा राख्नु पर्ने त्यसै गरी तेस्रो कोरोना भाईरस संक्रमित एक युवक आएको एयर अरेबियाका यात्रु तथा क्रु मेम्बरलाई समेत खोजी गरी क्वारेन्टाईनमा राख्नु पर्ने स्थितिको सृजना भएको छ । क्वारेन्टाईनमा बस्न नमाने वा भाग्नेलाई हुने कानूनी कार्बाहीको समेत जानकारी राख्नु अत्यावश्यक भएको छ ।

क्वारेन्टाईनबाट भाग्नेलाई कति सजाँय हुन्छ ?

मुलूकी अपराध संहिता २०७४ परिच्छेद ५, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत दफा १०४ सङ्क्रामक रोग फैलाउन नहुनेः कसैले कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने कुनै किसिमको सङ्क्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्नु हुँदैन । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्ष सम्म कैद र एकलाख रुपैयाँसम्म जरिवाना, लापरबाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचासहजार रुपैयाँ सम्म जरिवाना र हेलचेक्र्याईँ पूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यस्तो कानूनी प्रावधानलाई हरेक नागरिक तथा नेपालमा रहेका अन्य कुनै देशका व्यक्तिले पनि पूर्ण अनुशासित दायरामा रही सभ्य, कानूनी राजको पालना, तथा एक जिम्मेवार मानबको परिचय दिनु पर्ने घडी आएको छ । सरकारले यस विषम परिस्थितीलाई सामना गर्न जुटिरहेको मा हामी नागरिकको पनि सरकारलाई साथ चाहिएको छ ।

यस्तो विषम परिस्थितीमा लागू भएको नियम तथा कानूनलाई बेवास्ता गरेमा राज्यले यो परिस्थितिमा कुनै मूल्यमा पनि संझौता नगरी कानूनी कार्वाही गर्न चुक्नु हुने छैन । तसर्थ नागरिक सम्यम हुने र कानून पालना गराउन राज्य आक्रामक ढंगले युद्धस्तरमा उत्रिनु छ । सारा बिश्वलाई कोरोना भाइरस अर्थात कोभिड १९ मुक्त बनाउनु छ । स्मरण रहोस् भारतमा गायिका कनिका कपुरले कोरोना संक्रमणको बेला सरकारको निर्देशन पालना नगरेकोमा सरकारले जाहेरी दर्ता गरेको छ। स्मरण यसरी नै कानूनको पालना गराईयोस् तब मात्र कोभिड १९ अर्थात कोरोना भाईरसलाई हामी जित्ने छौं ।

हामी कोरोनालाई जित्न सकौं, हामीलाई कोरोनाले नजितोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com