मेडिकल विशेषज्ञसहितको टोली तेस्रो पटक इटाली पुग्यो


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

चीनले १४ जना मेडिकल विशेषज्ञलाई कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपको इटालीमा पठाएको छ। कोरोना भाइरसको संक्रमणमा सहयोग पुर्‍याउन गएको टोलीले आठ टन मेडिकल उपकरणसमेत इटाली लगेको छ। पूर्वी चीनको फुजियान प्रान्तबाट विशेषज्ञ डाक्टरसहितको टोली चार्टर विमानबाट बुधबार बिहान इटाली प्रस्थान गरेको सिन्ह्वाले जनाएको छ। मेडिकल उपकरणमा ३० भेन्टिलेटर, २० मेडिकल मनिटर, ३० हजार थान मेडिकल मास्क, २० हजार थान एन ९५ मास्क र तीन हजार थान फेसशिल्ड रहेको छ। यसअघि चिनले दुई पटक विज्ञ चिकित्सकसहित मेडिकल उपकरण इटाली पठाएको थियो।

फुजियान प्रान्तका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरु इटाली गएको जनाइएको छ। श्वास प्रश्वास, सघन उपचार, संक्रामक रोग, संक्रामक रोग नियन्त्रक, परम्परागत चिनियाँ पद्धतिलगायका क्षेत्रमा विशेषज्ञ इटाली प्रस्थान गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com