अमेरिकामा कोरोना संक्रमित ५० हजार नाघे, २५ हजार बढी न्युयोर्कमा
प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार
अमेरिकामा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । आजमात्रै अमेरिकामा ७ हजार २ सय ४८ मा कोरोना संक्रमण पुष्टी भएको हो ।
अमेरिकामा मृतकको संख्या ६ सय ५५ पुगेको छ । आजमात्रै १०२ जनाको मृत्यु भएको हो ।

न्युयोर्कमा आजमात्र ५३ जनाको मृत्यु भएपछि मृतकको संख्या २१० पुगेको छ । न्युजर्सीमा ३ हजार ६ सय ७५ मा संक्रमण भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।
तेश्रोमा क्यालिफोर्नियामा २२६६ र वासिंटन राज्यमा २२२१ मा संक्तमण भएको छ । क्यालिफोर्नियामा ४३ जना र वासिंटनमा ११० जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ ।






