कोरोना संक्रमणबाट अमेरिकामा एक जना नेपालीको मुत्यु


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको हो ।

नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले केही समय देखी मधुमेह र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने – ‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखी भयौं, सबै जना सुरक्षित रहनु होला ।’

नेम्वाङका अनुसार उनको परिवारका सबै जनालाई सक्रमण भेटिएको छ, परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिम्बु एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।

प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि ६ दिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीनदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइट ९० स्ट्रीटमा बस्दै आएका उनीसँग परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको थिएन । उनीहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।

१ जना भेन्टिलेरमा

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको  छ ।

पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । उनकी श्रीमतिले भनिन् त्यसपछि हाम्रो फोनमा कुरा भइरहेको थियो । स्वासप्रश्वासमा अलिअलि समस्या भएको थियो तर सोमबार विहान फोन गर्दा फोन नै लागेन । त्यसपछि म आत्तिएँ । दिउसो सम्म कुर्दा पनि फोन नलागेपछि म आफै अस्पताल गएँ ।

अस्पतालमा जाँदा अर्को तलामा लगेको बताएको र भेट्न जान नदिएको उनले बताइन् । फोन गर्नका लागि नम्बर दिएपछि फोन गरेर भेट्न जाँदा भेन्टिलेटरमा राखिसकेको थियो ।

मंगलबार दिउसो फोन गर्दा अक्सीजन लेभल माथि आएको बताएको र बुधबार फोन गर्दा कम भएको बताएको उनले बताइन् । विहिबार कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको र आफूहरुले परिवारमा सल्लाह गरेर उक्त औषधी चलाउन अनुमति दिएको श्रीमतिले बताइन् ।

शुक्रबार बेलुका र शनिबार बेलुका अवस्था स्थीर रहेको चिकित्सकले बताएका छन् । तर अहिले पनि भेन्टिलेटरमा नै राखेर उपचार गरिएको छ । उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण १५ दिन अगाडि देखि नै उबर चलाउन छाडेका थिए ।

४७ बर्षका ती नेपालमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । श्रीमतिलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । डाक्टरहरुले घरमै बस्न र आराम गर्न सुझाव दिएका छन् ।

उनलाई कसरी संक्रमण भयो भन्नेबारे केही खुलेको छैन ।

भर्जिनियाको फेयरफ्याक्समा ३८ बर्षकी नेपाली महिलामा कोरोना पोजेटिभ

भर्जिनियाको फेयरफ्याक्समा बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको सक्रमण पुष्टी भएको हो ।

अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइन्मा बस्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुशार ती महिला घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको र अवस्था गम्भिर भने नभएको जनाइएको छ ।

सुरुमा ज्वरो आएपछि र खोकी लागेपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन् । तर अस्पतालले ज्वरो सामान्य भएको र खोकी लाग्दैमा कोरोना संक्रमण नहुने भन्दै चेकजाँच गर्न नमानेको जनाइएको छ ।

त्यसपछि चेकजाँचका लागि अर्को स्थानमा सम्पर्क गर्दा विशेष पार्किंग लटमा नै रोकेर, विभिन्न सावधानीहरु अपनाएर चेक गर्ने स्थानमा लगिएको र सुरुमा इन्फ्लुएन्जाको चेक गर्दा नेगेटिभ देखिएपछि कोरोना भाइरसको परीक्षण गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कोरोनाको संक्रमण पुष्टी भएपनि चिकित्सिकहरुले घरमै आरा मगर्न सुझाव दिएका छन् । तर एकदमै गाह्रो भयो भने अस्पतालमा आउन सुझाव दिइएको छ ।

ती महिलाले काम गर्ने स्थलमा पनि अरु कसैलाई अहिलेसम्म संक्रमण पुष्टी नभएको जनाइएको छ । कार्यस्थल भींडभाड हुने स्थान पनि नभएकाले लिफ्ट वा अन्य कुनै सतहबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनको परिवारमा अरु तीनजना सदस्यहरु रहेका छन् ।

ज्याक्सनहाइट बस्ने अर्का नेपालीमा कोरोना पोजेटिभ, परिवारका सदस्यमा समेत लक्षण

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने अर्का एकजना ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । तीनदिन अगाडि परीक्षण गरिएको कोरोना परीक्षणको नतिजा आजै प्राप्त भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतले भन्यो आजै दिउसो डाक्टरले फोन गरेर कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ भएको बतायो । घरबाहिर नजान र घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।

न्युयोर्कको ज्याक्सनहाइटको सत्यनारायण मन्दिर नजिकै बस्दै आएका ती व्यक्ति चारदिन पहिले टाउको दुखेर एल्म्हस्र्ट अस्पतालमा चेकअपका लागि गएका थिए र दिनभर लाइनमा बसेका थिए । तर बेलुका पालो आइसकेपछि कोरोना संक्रमणको लक्षण नदेखिएको भन्दै कोरोना भारइरसको परीक्षण नगरी फिर्ता पठाइएको थियो ।

उनले खसोखास प्रतिनिधिसँग कुराकानी गर्दै भने – ‘मनले नमानेपछि फेरी अर्को ठाउँमा गएर चेकजाँच गराएँ । तीनदिनपहिले चेकजाँच गराएको थिएँ । आजै डाक्टरले फोन गरेर पोजेटिभ भएको जानकारी दिए । अस्पतालले पनि भर्ना लिन मानेन । के गर्ने निकै चिन्तामा छौं ।’

म्यानहटनमा काम गर्दै आएका उनले झण्डै एकसाता अगाडिमात्र काम छाडेका थिए । उनकी ४० कटेकी श्रीमति र २ जना छोरीहरु समेत रहेका छन् । श्रीमतिमा समेत कोरोना संक्रमणको लक्षण देखिएको जनाइएको छ । तर परिवारका अन्य सदस्यको भने परीक्षण गरिएको छैन । छोरीहरुलाई लक्षण देखिएको नदेखिएकोबारे केही बताइएको छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com