अमेरिकी करदातालाई १२ सय डलर दिने प्याकेज अगाडि बढाउनमा डेमोक्रेटिक सिनेटरबाट अवरोध


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

हरेक अमेरिकी करदातालाई कोराना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्नका लागि १२ सय अमेरिकी डलरको चेक प्रदान गर्ने बिललाई डेमोक्रेटिक सिनेटरहरुले पारित हुनबाट रोकेका छन् । आज सिनेटमा भएको मतदानमा ४६ जना डेमोक्रेटिक सिनेटरहरुले विपक्षमा मतदान गरेका छन् ।

पक्षमा मतदान गर्ने रिपब्लिकन सिनेटरहरुको संख्या ४९ रहेको छ । एकजना डेमोक्रेटिक सिनेटरलेमात्र विल अगाडि बढाउने पक्षमा मतदान गरेका छन् । दुईदलीय सहमतिमा पुग्न प्रयास भइरहेको बेलामा मिच म्याक्कोनेलले मनोमानी ढंगले बिल सदनमा ल्याएको भन्दै डेमोक्रेटिक सिनेटरहरुले विपक्षमा मतदान गरेका हुन् ।

आइतबारपनि डेमोक्रेटिक सिनेटरहरुले राहत प्याकेजसहितको यो बिल पारित हुनबाट रोकेका थिए । राहत प्याकेजलाई अगाडि बढ्न नदिएकोमा रिपब्लिकन सिनेटरहरुले आक्रोश व्यक्त गरेका छन् । सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले आफूहरु सहमतिको असाध्यै नजिक पुगेको बताएका छन् । सहमति भएपनि अन्तिम मतदान हुने उनले बताएका छन् ।

सिनेटमा ५३ जना रिपब्लिकन सिनेटरहरु रहेपनि एकजना सिनेटरमा कोरोना संक्रमण पुष्टी भएको छ भने दुईजना सिनेटरहरु सेल्फ क्वारेन्टाइनमा छन् । बिललाई अगाडि बढाउन कम्तीमा ६० भोटको आवश्यकता पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोराना भाइरसका कारण उत्पन्न आर्थिक समस्यासँग जुध्न अमेरिकामा जनही १२ सय डलर दिने प्रस्तावसहित बिल सिनेटमा पेश गरिएपछि यसबारे चर्चा परिचर्चा सुरु भएको छ । खासगरी यो रकम कुन इमिग्रेशन स्टाटस भएकाले पाउलान् भन्ने जिज्ञासा देखिएको छ । सिनेटका बहुमतप्राप्त दलका नेता मिच म्याक्कोनेलले कोरोना भाइरसको संक्रमणबिरुद्ध लड्न उक्त आर्थिक प्रस्ताव पेश गरेका हुन् ।

उक्त बिलमा निश्चित भन्दा कम आम्दानी भएकाहरुलाई जनही १२ सय अमेरिकी डलर दिने प्रस्ताव समेटिएको छ । यो रकम अमेरिकाका करदाताहरुले प्राप्त गर्ने भनिएको छ । बिलमा कुनै अध्यागमन स्टाटसको बारेमा उल्लेख गरिएको छैन । यसर्थ यो रकम अमेरिकामा कर फाइल गर्ने जुनसुकै स्टाटसको व्यक्तिले प्राप्त गर्ने देखिएको छ ।

बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।

बिलको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जु अनुशार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

परिवारका अन्य सदस्यको सन्दर्भमा हरेक बच्चाका लागि ५ सय डलर दिइनेछ । अर्थात् १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिका २ बच्चा छन् भने यो परिवारले कुल ३४ सय डलर प्राप्त गर्नेछ ।

कम करको उत्तरदायीत्व भएका वा नभएकाहरु तर सामाजिक सुरक्षा निवृत्तिभरण आम्दानी, भेट्रानलाई दिइने पेन्सन वा क्षतिपूर्ति वापत कम्तीमा २५ सय योग्य आम्दानी भएकाहरुले एकजनाले ६ सय र जोडीले १२ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यदि तपाई अमेरिकाको करदाता हुनुहुन्न भने तपाईले यो रकम प्राप्त गर्न सक्नुहुनेछैन ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए । यसपटक पनि सोही विधि अपनाउन खोजिएको छ ।

विगतमा उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो । रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com