इटलीमा २४ घण्टामा ६२७ को मृत्युपछि लकडाउन कार्यान्वयन गर्न सेना परिचालन


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

इटलीमा २४ घण्टामा ६२७ को मृत्युपछि लकडाउन कार्यान्वयन गर्न सेना परिचालन गरिने भएको छ । सरकारले लकडाउन कडाईका साथ कार्यान्वयनका लागि सेना परिचालन गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

सेना परिचालनको प्रस्ताव स्वीकार गरिएको र लोम्बार्डीमा ११४ सेना परिचालन गरिने भएको छ । थोरैमात्रामा सेना परिचालन गरिएपनि यसबाट सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ ।

इटलीमा कोरोना संक्रमणबाट अहिलेसम्म ४ हजारबढीको मृत्यु भइसकेको छ । इटलीमा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्युदरमा इटलीले चीनलाई उछिनिसकेको छ । चीनमा अहिलेसम्म ३२५५ को मृत्यु भएको छ भने इटलीमा मृतकको संख्या ४ हजार ३२ पुगेको छ ।

मृत्युदर उच्च हुनेमा स्पेन र इरान पनि हुन् । इरानमा अहिलेसम्म १४३३ को र स्पेनमा १०९३ जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com