कोरोनाको लक्षण देखिए ब्रुफिन नखान विश्व स्वास्थ्य संगठनको सुझाव


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

कोरोनाको लक्षण देखिएका बिरामीलाई दुखेको कम गर्न बु्रफिन नामको औषधी नखान विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । एकजना फ्रेन्च अधिकारीले बु्रफिन जस्ता एन्टी इन्फ्लामाटोरी औषधीले कोरोनाको संक्रमणलाई अझ खराब बनाउने बताएलगत्तै विश्व स्वास्थ्य संगठनको सुझाव आएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्चियन लिण्डमेयरले थप निर्देशिका जारी गरिने बताएका छन् । उनले सेल्फ मेडिकेशनका रुपमा बु्रफिनको प्रयोग नगर्न बरु पारासिटामोलको प्रयोग गर्न सुझाव दिएका छन् ।

यदि स्वास्थ्यकर्मीहरुले बु्रफिन सिफारिस गरेमा त्यो उनीहरुमा भर पर्ने उनले बताएका छन् । फ्रेन्च मन्त्रीले पहिले नै एन्टी इन्फ्लामाटोरी औषधी प्रयोग गरिरहेकाहरुले चिकित्सकको सल्लाह लिन भनेका छन् ।

पारासिटामोल लिंदा पनि तोकिएको डोजमात्र लिन सिफारिस गरिएको छ । किनभने धेरै पारासिटामोल लिंदा कलेजोमा असर पर्नसक्ने भएकाले तोकिएको डोजमात्र लिन भनिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com