सबै अमेरिकनलाई जनही १२ सय डलर दिने प्रस्तावसहित १ ट्रिलियन डलरको बिल सिनेटमा


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

सबै अमेरिकनलाई जनही १२ सय डलर दिने प्रस्तावसहित १ ट्रिलियन डलरको बिल सिनेटमा पेश गरिएको छ । सिनेटका बहुमतप्राप्त दलका नेता मिच म्याक्कोनेलले कोरोना भाइरसको संक्रमणबिरुद्ध लड्न उक्त आर्थिक प्रस्ताव पेश गरेका हुन् ।

उक्त बिलमा निश्चित भन्दा कम आम्दानी भएका अमेरिकनलाई जनही १२ सय अमेरिकी डलर दिने प्रस्ताव समेटिएको छ । त्यो बाहेक एयरलाइन्सहरु र प्रभावित उद्योग क्षेत्रलाई २ सय बिलियन ऋण दिने र साना बिजनेशलाई क्षमा हुने खालको ३ सय बिलियन ऋण दिने प्रस्ताव गरिएको छ ।

एकजनालाई १२ सय र दम्पत्तिलाई २४ सय डलर दिने प्रस्तावमा उल्लेख गरिएको छ । साना बिजनेशहरुले लिने ऋण भने तलब खुवाउन र मोर्गेज तिर्न लगायतका क्षेत्रमा प्रयोग गर्नुपर्ने जनाइएको छ ।

अमेरिकामा सरकारले दिने भनेको चेक कस्ले पाउँछ ? कस्ले पाउँदैन ?

अमेरिकाका अर्थमन्त्री स्टेभन मन्चिनले आफूहरुले हरेक अमेरिकनलाई तत्कालै चेक पठाउन खोजिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी दुईसाताभित्रै त्यस्तो चेक पठाउन चाहेको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए ।

बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने अधिकांशले उक्त रकम प्राप्त गरेका थिए । उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो ।

उक्त रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com