२५ जनाभन्दा भेला हुन नपाउने, जिम र फिल्म हल बन्द गरिने


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

सरकारले कोरोना भाइरस ( कोभिड-१९) रोकथामको लागि विभिन्न आदेश जारी गरेको छ । कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको सङ्क्रमण रोकथामको लागि फिल्म हल, जिम सेन्टर, रङ्गशाला, पौडी पोखरी, डान्सबार र क्लबहरु बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक कामबाहेक नागरिकलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । धार्मिक, सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाइएको छ । यसको अनुगमन गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले गर्नेछन् ।

गाडीमा भिडभाड नगर्न, क्षमताभन्दा धेरै यात्रु नबोक्न र गाडी चलाउनुअघि गाडीमा किटाणु मार्ने औषधि छर्न सरकारले निर्देशन दिएको छ ।

युरोपका सबै देश, पश्चिम एसिया, खाडी देश, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने यात्रु र ती देशलाई ट्रान्जिट बनाएर आउने सबै यात्रुलाई २० मार्चदेखि प्रतिबन्ध लगाउने निर्णय पनि समितिले गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसईई परीक्षाबाहेक बालविकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयको पढाइ चैत मसान्तसम्म रोक्न पनि सरकारले निर्देशन दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com