बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता


प्रकाशित मिति : चैत्र १३, २०७३ आईतबार

कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ ।

यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।

काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उहाँले बताउनुभयो ।

कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घ सङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उहाँको भनाइ छ । सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।

सेढाईंका अनुसारभित्र छिरेपछि गाडी र मानिसलाई खर्साेलिङ वा पोटासियम परम्याग्नेट मिसाइएको पानी छर्केर निर्मलीकरण गर्न भनिएको छ ।

त्यसैगरी, खोरको ढोकामा पनि पानीको तलाउ बनाएर खुट्टाले टेकेर मात्रै फार्ममा प्रवेश गर्न लगाइएको उहाँले बताउनुभयो । फार्ममा अन्य पशुपक्षी जान नदिन कडाइ गर्न लगाइएको छ भने कुखुरा प्रवेश गर्ने र बाहिरिने फरकफरक बाटो प्रयोग गर्न लगाइएको छ । फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ ।

कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको प्रमुख सेढार्इंले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ ।

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताउनुभयो ।

शङ्कास्पद देखिएका १० वटा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको पनि चापागाईंले बताउनुभयो । कम क्षति पु¥याउने एच९एन२ फेला पर्न सक्ने भन्दै उहाँले बढी हानिकारक एच५एन१ भने अहिलेसम्म नभेटिएको जानकारी दिनुभयो । कुखुरा धेरै मरेका, अण्डा कम पारेका र शङ्कास्पद देखिएका कुखुराको नमुना सङ्कलन गरी तत्काल परीक्षण भइरहेको पनि उहाँले बताउनुभयो ।

नेपालमा एक सातामा एक लाख ३० हजार लेयर्स चल्ला र २२ देखि २५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बर्डफ्लु भित्रिन नदिन व्यवसायीलाई उच्च सतर्कता अपनाउन भनिएको बताउनुभयो ।

जैविक सुरक्षामा ध्यान दिए डराउन नपर्ने उहाँको भनाइ छ ।

देशभरमा दैनिक २२ लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले फार्ममा जैविक सुरक्षालाई विशेष ध्यान दिइएको बताउँदै पुरानो पेटी र क्रेट प्रयोग नगरिएको बताउनुभयो ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले आफ्नै कारणले दुःख पाउने हुँदा हेलचक्र्याइँ नगर्न सबै किसानलाई आग्रह गर्नुभयो । नेपालमा दैनिक आठ लाख ५० हजार किलो तयारी मासु खपत हुँदै आएको तथ्याङ्क छ ।

पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बराल कास्की र सुनसरीमा बर्डफ्लु देखा परेपछि यहाँ उच्च सतर्कता अपनाइएको बताउनुहुन्छ । अहिले मागअनुसार कुखुरा पूर्ति हुन नसक्दा पनि मूल्य नघटेको उहाँले बताउनुभयो ।

नेपालमा कुखुराजन्य क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् जसको ५० प्रतिशतभन्दा बढी लगानी चितवनमा छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com