२८ देशबाट अमेरिका आउनमा लगाइएको रोकबारे सरकारी चार्ट प्रकाशित


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

युरोपको शेंगेन क्षेत्रका २६ देशहरु, इरान र चीनबाट अमेरिकामा आउन लगाइएको प्रतिबन्धबारे अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यात्रा प्रतिबन्ध चार्ट प्रकाशित गरेको छ । चार्टमा इरान, चीन र २६ शेंगेन देशहरुबाट वा ती देशमा विगत १४ दिनभित्र यात्रा गरेकाहरुलाई अमेरिका आउनमा लगाइएको रोकबारे स्पष्ट पारिएको छ ।

अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका परिवारका सदस्यहरुलाई भने अमेरिका आउन रोक लगाइएको छैन । तर उनीहरु अमेरिका आइसकेपछि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ । अमेरिकाबाट युरोप वा एसिया जाने कसैलाई पनि अमेरिकी सरकारले रोक लगाएको छैन । हवाई र पानीजहाजबाट आउने कार्गोमा पनि रोक लगाइएको छैन ।

अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका परिवारका सदस्यहरुलाई प्रभावित देशबाट अमेरिका आउनुपरेमा उनीहरुलाई १३ वटा विमानस्थलमा अवतरण गराइनेछ । यदि कोरोनाभाइरसको कुनै लक्षण नदेखिएमा अन्तिम गन्तब्यमा जान दिइनेछ । तर गन्तब्यमा पुगेर १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

अमेरिकामा झरिसकेपछि सीबीपीले मेडिकल अन्तरवार्तासहित प्रकृयामा लैजानेछ । यदि कोरोनाभाइरसको लक्षण देखिएमा स्वास्थ्य मुल्यांकनका लागि सीडीसीलाई रिफर गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com