अष्ट्रेलियाबाट फर्केका २२ बर्षका सुमन क्यान्सरसँग लड्दै, सहयोगको अपिल


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

गतबर्ष अष्ट्रेलियामा अध्ययनका लागि गएका सुमन बोहोरा अचानक बिरामी भएपछि फर्केर काठमाडौंको अस्पतालमा बेडमा छटपटाइरहेका छन् । उनमा रगतको क्यान्सर भएको पुष्टी भएको छ ।

सन् २०१९ को सुरुतिर अष्ट्रेलियामा अध्ययनका लागि गएका उनी केहीमहिनापहिले बिरामी भएका थिए । रिभरउडमा बस्दै आएका उनी त्यहाँको अस्पतालमा उपचार महँगो भएपछि काठमाडौंमै उपचार गर्ने उद्देश्यले नेपाल फर्केका थिए । त्यतीबेलासम्म उनलाई रगतको क्यान्सर भएको थाहा थिएन ।

जब नेपालको शिक्षण अस्पतालमा गएर उपचार सुरु गरे, तब उनका रगतको क्यान्सर भएको पुष्टी भयो । झण्डै शिक्षण अस्पतालमा साढे २ महिना राखेपछि अहिले उनलाई सिभिल अस्पतालमा लगिएको छ ।

२२ बर्षका सुमन अहिले सिभिल अस्पतालको बेडमा उपचार कुरिरहेका छन् । काठमाडौंको गोठाटार स्थायी घर भएका सुमन परिवारमा जेठा छोरा हुन् । कक्षा ८ मा पढ्ने एकजना भाई छन् भने सुमनकी एकजना बहिनी छिन् ।

उनको सहयोगका लागि आर्थिक संकलन अभियान समेत संचालन गरिएको छ । अमेरिकाको टेक्सास निवासी नयनराज पाण्डे र सुमित पाण्डेले फेसबुकमार्फत सहयोग संकलन सुरु गरेका हुन् ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोला ।

सिभिल अस्पतालको बेड नम्बर ३२८ मा रहेका सुमनको सहयोगका लागि एनआईसी एसिया बैंकमा निलबहादुर बोहराका नाममा रहेको ३०८७९७३२३०७५३२४०१ नम्बर खातामा समेत रकम प्रदान गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com