रक्सी सेवनले कोरोनाबाट बच्ने सकिन्छ भन्ने हल्लाका पछि लाग्दा इरानमा ४४ को मृत्यु


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

इरानमा अत्याधिक रक्सी सेवनका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । स्टेट न्यूज एजेन्सीका अनुशार रक्सीले कोरोनाभाइरससँग लड्न सक्छ भन्ने हल्लाका कारण संक्रमणबाट बच्ने आशाका साथ उनीहरुले अत्याधिक रक्सी सेवन गरेका थिए ।

इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयन व्यक्ति त्यही हल्लाका पछि लागेर कडा प्रकारका अवैध रक्सीहरु सेवन गरेका थिए । रक्सीले शरिर विशाक्त बनेका कारण मिथेनल पोइजनिंगबाट उनीहरुको मृत्यु भएको जनाइएको छ ।

कुजेन्स्तान प्रान्तमा मात्र अत्याधिक रक्सी सेवन शरिर विशाक्त भएर ज्यान गुमाउनेहरुको संख्या ३९ रहेको छ । अवैध रक्सीले उनीहरुको मृत्यु भएको हो । अल्ब्रोजको उत्तरी क्षेत्रमा ७ जनाको र एकजनाको केर्मान्साहमा मृत्यु भएको छ ।

अत्याधिक रक्सी सेवनपछि कम्तीमा २ सय जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

इरानमा अहिलेसम्म ८ हजार ४२ मा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउको संख्या भने २९१ रहेको छ । आजै इरानमा ८८१ जनामा संक्रमण पुष्टी भएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com