३ मंसिर २०८३, बिहिबार| Thursday, November 19, 2026
नेपाल

६ नेपाली युवतीको उद्धार,सांस्कृतिक कार्यक्रमको बहानामा अश्लील नृत्य …….

सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने र आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर भारत लगिएका ६ नेपाली युवतीलाई अश्लील नृत्यका लागि बाध्य पारिएको खुलासा भएको छ ।

भारतको उत्तर प्रदेश र बिहार राज्यमा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै उनीहरुलाई नेपालबाट लगेर ‘आर्केस्ट्रा’मा अश्लील नृत्य गर्न लगाएको हो । भारतमा पुगिसकेपछि उनीहरुलई छोटा कपडा लगाएर अश्लील नृत्यका लागि बाध्य पारिएको हो ।

हालै यस्तो धन्दामा संलग्न रहँदै आएका ६ नेपाली युवतीको उद्धार गरिएपछि यो तथ्य उजागर भएको हो । पीडित युवतीहरुका अनुसार उनीहरुलाई प्रति महिना २५ देखि ३० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने प्रलोभनमा भारत ल्याइएको थियो । सुरुमा उत्तर प्रदेशमा लागिएका उनीहरुलाई पछि बिहारमा पु¥याइएको थियो ।

नालन्दास्थित ‘मुस्कान आर्केस्ट्रा’मा लगेर उनीहरुलाई बिहे तथा अन्य अवसरमा आयोजना हुने नृत्यमा सहभागी गराइएको बताइन्छ । यस क्रममा उनीहरुलाई छोटा कपडा लगाउन बाध्य पारिएको र अश्लील हाउभाउका साथ प्रस्तुति गर्न दबाब दिइएको पीडितहरुको भनाइ छ ।

उक्त समूहबाटै भाग्न सफल एक जनाले गोरखा सेवा संघका सूरज थापालाई घटनाबारे जानकारी दिएपछि थापाकै समन्वयमा भारतीय प्रहरीले ती युवतीलाई उद्धार गरेको बताइएको छ ।

उनीहरुलाई जबर्जस्ती अश्लील नृत्य गर्न लगाउने मुस्कान आर्केस्ट्राका सञ्चालक भने फरार रहेको प्रहरीको भनाइ छ । उद्धार गरिएका नेपाली युवतीलाई सोमबार रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाउने जनाइएको छ ।

यसैबीच उत्तर प्रदेशको कानपुरबाट पनि प्रहरीले देह व्यापारमा संलग्न एक नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । ‘अनलाइन’ मार्फत ग्राहकसँग सम्पर्क गरेर नेपाल र पश्चिम बंगालका युवतीलाई देह व्यापारमा संलग्न गराउँदै आएको एउटा अखडामा छापा मारेर प्रहरीले एक नेपालीसहित तीन युवती र केही युवकलाई नियन्त्रणमा लिएको हो ।

ह्वाट्सएपमार्फत युवतीको फोटो पठाउने र ग्राहकले रुचाएको खण्डमा रकम तय गरेर युवतीलाई देह व्यापारमा पठाउने गरेको बताइन्छ । प्रहरीले उक्त धन्दामा संलग्नलाई पक्राउ गरे पनि सञ्चालक भने फरार रहेको बताइएको छ । पक्राउ परेकी नेपाली युवतीको परिचय खुलाइएको छैन ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →