टेक्सासका सिनेटर तथा अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेदवार टेड क्रुज क्वारेन्टाइनमा


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

टेक्सासका सिनेटर तथा अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेदवार टेड क्रुजले आफूले भेटेको व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएपछि क्वारेन्टाइनमा बस्ने निर्णय गरेको जनाएका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्सका क्रममा एकजना सहभागीसँग आफूले अन्तरकृया गरेको र ती व्यक्तिमा कोरोना संक्रमण देखिएको उनको भनाई छ ।

एरिजोनाका सांसद पाउल गोसरले पनि आफू र अरु तीनजना कर्मचारीहरु कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि सेल्फ क्वारेन्टाइनमा बसेको जनाएका छन् । टेड क्रुजले कार्यक्रममा आएका कोरोना संक्रमित व्यक्तिसँग आफूले हात मिलाएको र कुराकानी गरेको बताएका छन् ।

आफूले आधामिनेट भन्दा पनि कम समय भेटेको र आफूलाई कुनै लक्षण भने नदेखिएको ट्रेड क्रुजले बताएका छन् । स्वास्थ्य अधिकारीहरुले आफूलाई संक्रमणको सम्भावना पनि ज्यादै न्यून रहेको बताएको जनाएका छन् ।

उक्त कार्यक्रममा कोरोना संक्रमित व्यक्तिसँग अरुले पनि भेटेको र हात मिलाएको जनाइएको छ । उनले १४ दिन नबित्दासम्म टेक्सासमा रहेको घरमै बस्ने र बाहिर कतै ननिस्कने बताएका छन् ।

अमेरिकन कन्जरभेटिभ युनियनले उक्त कार्यक्रम मेरिल्याण्डमा आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएका थिए । यस विषयमा अमेरिकन कन्जरभेटिभ युनियनले मेरिल्याण्डको डिपार्टमेन्ट अफ हेल्थसँग सहकार्य गरेर काम गरिरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com