कोरोना संक्रमण सुरु भएपछि अति प्रभावित देशबाट एकमहिनामा १७ हजार बढी नेपाल प्रवेश


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

कोरोना भाइरसको संक्रमण तीब्रगतिमा फैलिन सुरु भएपछि नेपाल प्रवेश गर्ने चाइनिजहरुको संख्या ३५ सय भन्दा बढी रहेको छ । जनवरीको अन्तिम साता कोरोना भाइरसको संक्रमण तीब्र बन्दै गएको थियो । फरबरीमामात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२८५ जना चाइनिजहरु नेपाल प्रवेश गरेका छन् ।

जनवरी महिनामा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने चाइनिजहरुको संख्या १२ हजार १६९ रहेको थियो । नेपाल सरकारले करोडौं खर्च गरेर तामझामका साथ भ्रमण वर्षको सुरुवात गरेकोमा चीनबाट धेरैभन्दा धेरै पर्यटकहरु भित्राउने लक्ष्य थिएको थियो । जति खर्च गरेपनि गतबर्षको सोही महिनाको तुलनामा चीनबाट नेपाल आउनेहरुको संख्या भने उल्लेख्य बृद्धि भएको थिएन । सन् २०१९ को जनवरीमा १२ हजार २ सय २ चाइनिजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए ।

कोरोनाको संक्रमण फैलिन सुरु भएपछि फरबरी महिनामा भने ७७ हजार ६४ जना विदेशीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । जसमध्ये कोरोना अति प्रभावित साउथ कोरियाका १७०२ जना नेपाल प्रवेश गरेका छन् । फरबरीमा नेपाल प्रवेश गर्ने इटालियनको संख्या ६५३ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै फरबरीमा २६३६ जना जापानीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका छन् भने फरबरीमा नेपाल प्रवेश गर्ने इरानीहरु १ सय जना रहेका छन् । अहिलेसम्म पनि ती देशहरुबाट अन अराइभल भिसामा पर्यटकहरु प्रवेश गरिरहेका छन् । तर मार्च १० पछि भने नेपालले चीन, साउथ कोरिया, जापान, इटली र इरानका नागरिकलाई अन अराइभल भिसामा रोक लगाउने भएको छ ।

फरबरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने भारतीयहरुको संख्या १ लाख ६५ हजार ५८ रहेको छ । भारतीयपछि चाइनिजलाई उछिन्दै अमेरिकन पासपोर्टवाहकहरु नेपाल प्रवेश गरेका छन् । फरबरीमा ६ हजार ४ सय ४२ जना अमेरिकनहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको नेपाल सरकारको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । यही अवधिमा नेपाल प्रवेश गर्ने बेलायतीहरु भने ४७ सय ३२ जना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com