कोरोना संक्रमणको सामना गर्न अमेरिकाले नेपालसहितका देशलाई ३७ मिलियन डलर सहयोग गर्ने


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

कोरोना संक्रमणको सामना गर्न अमेरिकी सरकारले नेपालसहितका २५ देशलाई ३७ मिलियन अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ । कोरोना भाइरसबाट प्रभावित र उच्च जोखिममा रहेका मुलुकका लागि युएसएआईडीमार्फत यो सहयोग गर्न लागिएको हो ।

अमेरिकी सरकारले विश्व स्वास्थ संगठन, अन्य बहुपक्षीय सहयोग निकाय तथा युएसएडले नेतृत्व गरेका कार्यक्रममार्फत यो सहयोग उपलब्ध गराउन लागेको हो । अमेरिकी सरकारले गत फेब्रुअरी ७ मा कोरोनाविरुद्ध लड्न १० करोड अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार पहिलो चरणमा यी राष्ट्रलाई सहयोग गर्न लागिएको हो।

वक्तब्यको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो चरणको सहयोग प्राप्त गर्ने राष्ट्रहरूमा नेपालसहित अफगानिस्तान, अंगोला, इन्डोनेशिया, इराक, काजकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उच्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगालादेश, कम्बोडिया, इथियोपिया, किर्ज रिपब्लिक, लाओस, मंगोलिया, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, भियतनाम छन् ।

विश्व स्वास्थ्य संगठनमार्फत हुने सहयोगले कोरोना प्रभावित र जोखिममा रहेका मुलुकका लागि ठूलोमात्रामा परीक्षणका लागि ल्याब तयार पार्ने, प्रवेश नाकाहरुमा जनस्वास्थ्यसम्बन्धि संकटकालिन योजना लागु गर्ने, उपचारमा खटिनेहरुलाई तालिम र उपकरणयुक्त बनाउने लगायतका काम गर्नेछ । त्यस्तै अरु साझेदारमार्फत खर्च हुने रकमले ल्याबको सवलीकरण, समुदायसँगको सहकार्य लगायतका कामहरु गर्नेछ ।

नेपाललाई कति सहयोग गर्ने भन्नेबारे केही खुलाइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com