३ शर्तमा नेपालमा पनि निजी जहाज राख्न पाउने


प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

नयाँ हवाई नीति कार्यान्वयन भएमा अब नेपालमा व्यक्तिगत प्रयोगका लागि निजी जहाज राख्न पाउने भएका छन् । याे व्यवस्था नीतिमा समेटिएको छ । नयाँ नीतिअनुसार व्यक्तिले निजी जहाज राख्न पाउँछन् । त्यसका लागि हवाई उडान सुरक्षा र हवाई सुरक्षा प्रावधान शर्तहरु भने पालना गर्नुपर्नेहुन्छ । यसअघिको विसं २०६३ को हवाई नीतिमा यस्तो सुविधा थिएन ।

नयाँ हवाई नीतिको मस्यौदामा हवाई उडान क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति नेपालमै उत्पादन गरिने उल्लेख छ । उक्त प्रयोजनका निम्ति निजी क्षेत्रसँग साझेदारी गरिनेछ ।

नयाँ हवाई नीतिमा गरिएको व्यवस्थाअनुरूप तीनवटा जहाज भएपछि मात्रै वायुसेवा प्रदायक कम्पनीले उडान सेवा सञ्चालन गर्न पाउनेछन् । मस्यौदामा भनिएको छ, “नियमित वा चार्टर्ड उडान सञ्चालन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय तथा आन्तरिक वायुसेवा सञ्चालक कम्पनीसँग इजाजत प्राप्त गरेदेखि नै कम्तीमा तीन जहाज सञ्चालनमा रहनसक्ने व्यवस्था भएको हुनुपर्नेछ ।”

नयाँ नीतिअनुसार दुई वर्षभन्दा बढी अवधिसम्म सञ्चालनमा नआई अनावश्यक ढङ्गले रहिरहेका कुनै यन्त्र र उपकरण सम्बन्धित पक्षले नहटाएमा प्राधिकरणले लिलामी गर्न सक्नेछ । वायुयान दुर्घटना जाँचलाई वस्तुनिष्ठ एवं प्रभावकारी बनाउन एक स्वतन्त्र साधन स्रोतसम्पन्न स्थायी दुर्घटना जाँच आयोग गठन गरिने व्यवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नीतिमा ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)द्वारा निर्धारित मापदण्डको पालना गर्दै सुरक्षाको मापदण्डलाई विश्वको औसत स्तरभन्दा माथि रहने व्यवस्था मिलाइने’ उल्लेख गरिएको छ । एयर ट्राफिक कन्ट्रोल, फ्लाइट इन्फरमेसन सर्भिस तथा एड्भाइजरी सर्भिसलाई प्रविधिको संयोजनबाट अझ बढी छरितो र गुणस्तरीय बनाउँदै लगिने नीतिमा भनिएको छ ।

त्यस्तै नीतिमा नयाँ विमान कम्पनी दर्ता गर्दा आवश्यकता र बजारको माग, लगानी र आम्दानीको गहन विश्लेषणका आधारमा मात्रै गरिने उल्लेख छ । विमान कम्पनी ‘मर्ज तथा एक्विजिशन’ मा जान सक्ने बाटो खुला गरिएको संयोजक गौतमले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com