ग्रिनकार्ड वा भिसा आवेदकलाई स्पोन्सरका लागि चाहिने आम्दानी कति हो ?


प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा धेरै हुनुपर्ने बताइएको छ । पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भनेको कति हो ? यसबारे धेरैको जिज्ञासा र अन्यौल समेत देखिन्छ ।

अलास्कार र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ भने अरु ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग रहेको छ । ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताको परिवारका सदस्यहरुको संख्या आफूसहित २ रहेको छ भने उसको बार्षिक आम्दानी कम्तीमा २१ हजार १ सय ३७ डलरभन्दा माथि हुनुपर्छ ।

त्यस्तै परिवारका सदस्यहरुको संख्या ३ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा २६ हजार ६ सय ६२ डलर हुनुपर्छ । परिवारका सदस्यहरुको संख्या ४ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ३२ हजार १ सय ८७ डलर हुनुपर्छ ।

४८ राज्यहरुमा बस्नेहरुका लागि आम्दानीको मापदण्ड

परिवारका सदस्यहरुको संख्या ५ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ३७ हजार ७ सय १२ डलर हुनुपर्छ । परिवारका सदस्यहरुको संख्या ६ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ४३ हजार २ सय ३७ डलर हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारका सदस्यहरुको संख्या ७ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ४८ हजार ७ सय ६२ डलर हुनुपर्छ । परिवारका सदस्यहरुको संख्या ८ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ५४ हजार २ सय ८७ डलर हुनुपर्छ ।

अलास्कामा बस्नेहरुका लागि आम्दानीको मापदण्ड

त्यो भन्दा माथि हरेक एकजना परिवारका सदस्यका लागि ५ हजार ५ सय २५ डलर थप्दै जानुपर्छ । तर स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ ।

हवाईमा बस्नेहरुका लागि आम्दानीको मापदण्ड

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com