सरकारविरुद्ध विपक्षीहरूले भ्रम फैलाउने काम गरे : प्रधानमन्त्री ओली
प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू भ्रम फैलाउने काममा लागिपरेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै विपक्षीहरुले विभिन्न वहानामा भ्रम फैलाएको बताउनु भएको हो । प्रधानमन्त्री ओलीका अनुसार यतिबेला विपक्षीहरु गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छर्न निकै तल्लिन रहेका छन ।
‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने, नन् इस्युलाई इस्यु बनाउने, किन यस्तो भइरहेको छ रु’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अस्तित्व रक्षा गर्नका लागि केही न केही त गर्नै पर्यो नि १, त्यसैले होला ।’
उहाँले सरकारले गरेको राम्रो कामलाई छाँयामा पारेर जनतामा पुग्न नदिने योजनाका साथ बिपक्षीहरु अफवाहमा उत्रिएको तथ्य पनि राख्नुभयो । ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले सरकारले संसदमा ल्याएको बिद्येयक अध्ययन नै नगरी जथाभावी भ्रम फैलाउने काम बिगतदेखि नै भइरहेको जानकारी पनि दिनुभयो । ‘संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।