भिसा आवेदकप्रति अमेरिकी दूतावासका ११ वचनबद्धता र ४ अपेक्षा


प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

– अमेरिकी दूतावास /काठमाडौं

संयुक्त राज्य अमेरिकाको सर्वोत्तम संरक्षणका लागि अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियालाई कडाइका साथ स्वच्छतापूर्वक व्यवस्थापन गर्दछ । अमेरिका सधैँ खुलापनका लागि चिनिँदै आएको छ, जसप्रति हामी पनि समर्पित छौँ । अमेरिकाको भ्रमणलाई स्वागत तथा प्रोत्साहन गरिन्छ ।

– हामी तपाईँप्रति मर्यादित र सम्मानजनक व्यवहार गर्नेछौँ, चाहे हामी तपाईँलाई भिसा जारी गर्न असमर्थ नै किन नहोऔँ ।

– हामी तपाईँलाई एक व्यक्ति र तपाईँको केसलाई एक पृथक केसका रूपमा हेर्नेछौँ ।

– तपाईँको लागि भिसा अन्तर्वार्ता नौलो वा अत्यारलाग्दो अनुभव हुनसक्नेछ र तपाईँ नर्भस हुन सक्नुहुनेछ भन्ने कुरा हामी याद गर्नेछौँ ।

– अन्तर्वार्ताको लागि उपलब्ध सीमित समय प्रयोग गरी हामी तपाईँको भ्रमण योजना र आसयसम्बन्धी सक्दो पूर्ण बुझाइ निर्माण गर्नेछौँ ।

– हामी आफ्ना उपलब्ध स्रोत प्रयोग गरी सबै आवेदकहरूलाई स्वच्छतापूर्वक अपोइन्टमेन्ट पाउन मद्दत गर्नेछौँ ताकि उनीहरू समयमै व्यवसाय, अध्ययन र अन्य महत्त्वपूर्ण कामका लागि भ्रमण गर्न पाऊन् ।

– हामी भिसाका लागि योग्यता तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत र सही जानकारी हरेक दूतावास तथा कन्सुलेटको वेबसाइटमा राख्‍नेछौँ ।

– हामी हरेक दूतावास तथा कन्सुलेटको गैरआप्रवासी अपोइन्टमेन्ट वेटिङ टाइमसम्बन्धी जानकारी http://travel.state.gov मार्फत प्रदान गर्नेछौँ ।

– तपाईँको भिसा अस्वीकृत भयो भने हामी त्यसको कारण बताउनेछौँ ।

साथै, यदि तपाईँ :

– विद्यार्थी हुनुहुन्छ भने हामी तपाईँलाई अपोइन्टमेन्ट दिलाउन र योग्य भएमा भिसा जारी गर्न हर प्रयत्‍न गर्नेछौँ, जसले गर्दा तपाईँ पढाइका लागि बेलैमा पुग्न सक्नुहुनेछ ।

– मेडिकल एन्ड ह्युम्यानिटेरियन इमरजेन्सी ट्राभलर (स्वास्थ्य तथा मानवीय आकस्मिकताका कारण भ्रमण गर्ने यात्रु) हुनुहुन्छ भने गम्भीर अवस्थामा हुनेहरूको भिसा ‘केस’ को सन्दर्भमा एक्सपिडाइटेड प्रक्रिया अपनाउनेछौँ ।

– बिजनेस ट्राभलर (व्यावसायिक यात्रु) हुनुहुन्छ भने हामी व्यावसायिक भ्रमणको सहजीकरणका लागि उपयुक्त संयन्त्रको स्थापना गर्नेछौँ र अमेरिकी व्यवसायसँग विशेष सरोकार राख्‍ने ‘केस’ हरूको सन्दर्भमा एक्सपिडाइटेड प्रक्रिया अपनाउनेछौँ ।

साथै, हामी तपाईँ आवेदकबाट निम्न अपेक्षा राख्दछौँ :

– आफ्नो भ्रमण र भिसा आवेदनसम्बन्धी योजना जतिसक्दो चाँडो बनाउनुहोस् ।

– आफ्नो आवेदन पूर्ण र सही तरिकाले पूरा गर्नुहोस् ।

– आफ्नो उद्देश्य र योजनाका विषयमा प्रष्ट हुनुहोस् ।

– आफ्नो भ्रमणको आसय छोटकरीमा स्पष्टसँग बताउनसक्ने गरी आफ्नो अन्तर्वार्ताको तयारी गर्नुहोस् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com