विगत १४ दिनमा चीन गएकालाई भिसा अप्वाइन्टमेन्ट सार्न अमेरिकी दूतावास काठमाडौंको सुझाव


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

विगत १४ दिनमा चीन गएकालाई अप्वाइन्टमेन्ट सार्न अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएका छ । पेन्डिङ कन्सुलर अप्वाइन्टमेन्ट भएको मध्येका विगतका १४ दिनभित्र जनवादी गणतन्त्र चीनमा गएको भएमा अप्वाइन्टमेन्ट सार्नुपर्ने दूतावासले जनाएको छ ।

चीनका विशेष प्रशासनिक क्षेत्रहरू हङकङ र मकाउका जानेहरुका सन्दर्भमा भने अप्वाइन्टमेन्ट सार्नु नपर्ने जनाइएको छ । चीनको भ्रमणमा गएका, फ्लुको जस्ता लक्षणहरू सामना गरिरहेका वा जसलाई आफू नोभल कोरोना भाइरसको सम्पर्कमा आएको हुनसक्ने शंका लागेको छ उनीहरुलाई अप्वाइन्टमेन्ट कम्तीमा १४ दिन पछाडि सार्न प्रोत्साहन गरिएको छ ।

अप्वाइन्टमेन्ट परिवर्तन गर्न कुनै शुल्क नलाग्ने र भिसा आवेदन शुल्क सो शुल्क तिरेको देशमा एक वर्षका लागि मान्य रहने जनाइएको छ । पेन्डिङ भिसा अप्वाइन्टमेन्ट पुनः निर्धारण गर्न निर्देशनका लागि [email protected] मा इमेल पठाउन सुझाव दिइएको छ ।

त्यस्तै सम्पन्न हुन बाँकी भिसा अप्वाइन्टमेन्ट पुनर्निर्धारण गर्ने सम्बन्धी जानकारीका लागि नेपालबाट फोन गर्दा १ ८००- ०९१- ०११४ मा र अमेरिकाबाट फोन गर्दा १ – ७०३ -९८८ – ३४२८ मा सम्पर्क गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्पन्न हुन बाँकी अमेरिकी नागरिक सेवा अप्वाइन्टमेन्ट पुनर्निर्धारण गर्ने सम्बन्धी जिज्ञासाहरूमा मार्गदर्शनका लागि [email protected] मा इमेल पठाउन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com