यो लिंकमा गएर चेक गर्नुहोस् डिभी लोटरीको नतिजा मे ५ पछि


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

आर्थिक बर्ष २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ५ मा सार्वजनिक हुने भएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म २०२१ का लागि डिभी लोटरी खुलेको थियो ।

डिभी लोटरीको नतिजा चेक गर्न यो लिंकमा क्लिक गर्नुहोला । तर सन् २०२१ को डिभी लोटरीको नतिजा भने मे ५ पछि मात्र चेक गर्न सकिनेछ ।

मे ५ मा डिभी पारेर सबै योग्यता पूरा गरेकाहरुले २०२० को अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२१ को सेप्टेम्बर अन्त्यसम्म भिसा लिइसक्नुपर्नेछ ।

आर्थिक बर्ष सन् २०२० को डिभी लोटरीको नतिजा भने यो लिंकमा उपलब्ध भइसकेको छ ।

२०२१ डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको थियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने व्यवस्था गरिएको थियो ।

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।

डिभी लोटरी भर्दा प्रयोग भएको पासपोर्ट सन् २०२२ को अप्रिल अगाडि नै एक्सपायर भएमा भिसा पाउने बेलामा समस्या हुनसक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com