प्रधानमन्त्रीको आज संसदमा गर्ने भनिएको सम्वोधन यसकारण स्थगित


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको संबोधन भोलिसम्मका लागि सरेको छ । राष्ट्रियसभाका सदस्यको निधन भएको कारण प्रधानमन्त्री ओलीले आज गर्न लाग्नुभएको संबोधन भोलिसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सर्य थापाले जानकारी दिनुभयो ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे प्रतिनिधिसभामा संबोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भएको छ । सम्बोधन भोलि ३ गते बिहान ११ बजे हुनेछ,’ प्रेस सल्लाहकार थापाले भन्नुभयो ।

आज राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको थियो । उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो । उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनकका बेलादेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति शुरु गरेका थिए ।

२०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उनी २ पटक कांग्रेस रुपन्देही क्षेत्र नंं ५ को क्षेत्रीय सभापति र त्यसयता महाधिवेशन प्रतिनिधि थिए ।

उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com