ग्रिनकार्ड एक्सपायर भयो, के ग्रिनकार्ड नविकरणविना नागरिकता आवेदन दिनसक्छु ?


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

यदि तपाईको ग्रिनकार्ड एक्सपायर भएको छ तर तपाई सबै प्रकारले अमेरिकी नागरिकतालागि आवेदन दिन योग्य हुनुहुन्छ भने तपाईले ग्रिनकार्ड नविकरण नगरिकनै नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ । तर तपाईले ग्रिनकार्ड एक्सपायर भएपछि अमेरिका छाडेको हुनुहुँदैन ।

तपाईको ग्रिनकार्ड हराएको वा चोरिएको पनि हुनुहुँदैन । यदि तपाईको ग्रिनकार्ड हराएको र चोरी भएको छ भने फर्म आई ९० भरेर ग्रिनकार्ड रिप्लेसमेन्ट गरेको हुनुपर्छ । किनभने तपाईले अमेरिकी नागरिकताका लागि सपथग्रहण गर्नेबेलामा तपाईको पुरानो ग्रिनकार्ड बुझाउनुपर्छ, चाहे त्यो एक्सपायर भएको नै किन नहोस् ।

ग्रिनकार्ड हराएको र चोरी भएको सन्दर्भमा तपाईले रिप्लेसका लागि आवेदन दिएपछि तपाईले केही दिनमा नै फर्म आई ७९७ सी प्राप्त गर्नुहुनेछ । उक्त रिसिप्ट पत्रका आधारमा तपाईले अमेरिकी नागरिकताका लागि आवेदन दिन अर्थात् एन ४०० फर्म भर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड एक्सपायर भएको सन्दर्भमा कुनै आवेदन दिइरहन जरुरी हुँदैन, सिधै अमेरिकी नागरिकताका लागि आवेदन दिन सकिन्छ । तर नागरिकता आवेदनका लागि अरु सबै योग्यताहरु भने पूरा गरेको हुनुपर्छ ।

युएससीआईएसलाई तपाईले अमेरिकी नागरिकता आवेदन दिंदा अद्यावधिक ग्रिनकार्ड आवश्यक छ ? भनेर सोध्नुभयो भने तपाईले जवाफ पर्छका रुपमा नै पाउनुहुनेछ । तर तपाईले युएससीआईएसलाई एक्सपायर ग्रिनकार्डका साथमा अमेरिकी नागरिकताका लागि आवेदन दिन सकिन्छ ? भनेर सोध्नुभयो भने पनि तपाईले जवाफ सकिन्छ पाउनुहुनेछ ।

युएससीआईएसले एक्सपायर भएको ग्रिनकार्डका आधारमा नागरिकता लिनबाट वञ्चित गर्दैन । तर तपाईले नागरिकताको सपथ लिने बेलामा एक्सपायर भएको ग्रिनकार्ड लिएर जानुपर्छ ।

अमेरिकी अध्यागमनबारेका सम्पूर्ण टिप्सहरु यहाँ पढ्नुहोला ।

यी सामान्य सुझावहरु हुन् । कानुनी सल्लाहका लागि र आफ्नो आवेदनबारे छलफल गर्नका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com