यी ८ मध्ये एउटा श्रेणीमा परेमा अमेरिकी ग्रिनकार्ड, आफ्नो योग्यता जाँच्नुहोस्


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

अमेरिकी ग्रिनकार्डका मुख्य ८ वटा श्रेणी रहेका छन् । यी ८ मध्ये एउटा श्रेणीमा परेको खण्डमा मात्र अमेरिकी ग्रिनकार्डका लागि आवेदन दिन सकिने प्रावधान रहेको छ ।

यी आठवटा श्रेणीका लागि योग्यताहरु भने फरक फरक रहेका छन् । कतिपय श्रेणीमा ग्रिनकार्डका लागि स्पोन्सरको आवश्यकता पर्छ भने कतिपय श्रेणीका लागि पर्दैन ।

परिवारमा आधारित ग्रिनकार्ड

यो श्रेणी अन्तरगत परिवारका सदस्यहरुका लागि ग्रिनकार्ड आवेदन दिन सकिन्छ । परिवारमा आधारित ग्रिनकार्डका लागि मुख्यतया तीनवटा च्यानल रहेका छन् ।

ग्रिनकार्डवाहक र अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी, २१ बर्ष पुगेका अमेरिकी नागरिकताप्राप्त व्यक्तिका बुबाआमाका लागि तत्काल ग्रिनकार्ड फाइल गर्न र प्राप्त गर्नसकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका २१ बर्ष कटेका अविवाहित छोराछोरीहरु, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु, अमेरिकी नागरिकताप्राप्त व्यक्तिका दाजुभाई दिदीबहिनीहरुका लागि पनि ग्रिनकार्ड आवेदन दिनसकिन्छ, तर यसको लागि लामोसमय लाग्नसक्छ ।

अमेरिकी नागरिकका मंगेतर, मंगेतरका छोराछोरीहरु, अमेरिकी नागरिकका विधवाहरु, दम्पत्तिबाट दुब्र्यबहारको शिकार भएकाहरु, पूर्व दम्पत्ति, अमेरिकी नागरिकका बाबुआमाहरु लगायतका लागि पनि ग्रिनकार्ड आवेदनका केही बाटोहरु रहेका छन् ।

 

रोजगारमा आधारित ग्रिनकार्ड

अमेरिकी ग्रिनकार्डको बाटोमा लैजानसक्ने ४ प्रकारका रोजगारमा आधारित श्रेणीहरु रहेका छन् । जसमध्ये पहिलो श्रेणी ईबी वानमा अतिदक्ष क्षमता भएकाहरु र दक्ष शोधकर्ताहरुले आवेदन दिनसक्छन् । यो श्रेणीको ग्रिनकार्डका लागि स्पोन्सरको आवश्यकता पर्दैन भने अमेरिकाबाहिरबाट पनि आवेदन दिन सकिन्छ ।

त्यस्तै दोश्रो श्रेणीमा एड्भान्स डिग्री भएका पेशाकर्मीहरुले आवेदन दिनसक्छन् भने तेश्रो श्रेणीमा दक्ष कामदारहरुले आवेदन दिनसक्छन् । यी श्रेणीका लागि स्पोन्सरको आवश्यकता पर्छ तर अमेरिकाबाहिर हुनेहरुका लागि पनि आवेदन दिन सकिन्छ ।

लगानीमा आधारित ग्रिनकार्ड ईबी ५ श्रेणी समेत रहेको छ । जसमा सरकारले तोकेको स्थानमा कम्तीमा ९ लाख डलरसम्मको लगानी गरेमा वा आफूले चाहेको स्थानमा कम्तीमा १८ लाख डलरको लगानी गरेमा सपरिवार ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ ।

विशेष प्रकारको श्रेणी

यो श्रेणीमा अमेरिकाको चर्चभित्र वा अन्य धार्मिक संस्थामा पास्टर वा पूजारीको रुपमा आएर ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ । अध्यागमन र राष्ट्रियता ऐन १९९० ले धार्मिक संस्थामा काम गर्न आउनेहरुका लागि यो श्रेणीको व्यवस्था गरेको हो ।

त्यस्तै युएस एजेन्सी फर ग्लोबल मिडियामा ब्रोडकास्टरका रुपमा आउनेहरुका लागि पनि विशेष प्रकारको ग्रिनकार्डको व्यवस्था छ । यो श्रेणीमा बर्षमा बढीमा १ सय जनासम्मलाई भिसा प्रदान गरिन्छ । त्यो बाहेक नाटो जस्ता चर्चित अन्तर्राष्ट्रिय संस्थामा काम गर्नेहरुका लागि पनि ग्रिनकार्डको बाटोमा जानसकिने यो भिसाको व्यवस्था रहेको छ ।

शरणार्थी र एसाइलम खोज्नेहरुलाई ग्रिनकार्ड

अमेरिकामा शरणार्थीका रुपमा आएकाहरुले ग्रिनकार्ड प्राप्त गर्नसक्छन् भने अमेरिकामा विभिन्न तरिकाले आएर एसाइलम प्राप्त गरेकाहरुले पनि एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्डका लागि आवेदन दिनसक्छन् ।

अमेरिकामा एसाइलम प्राप्त गर्नका लागि आफ्नो देशमा विभिन्न कारणले असुरक्षित भएको प्रमणित गर्न सक्नुपर्छ । यो श्रेणीमा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।

मानव तस्करी र अरु अपराधको शिकार हुनेहरु

मानव तस्करीको शिकार भएकाहरुका लागि टी भिसाको व्यवस्था छ । उनीहरुले यही बाटोबाट ग्रिनकार्डमा जान सक्छन् । मानव तस्करीको शिकार भएको र स्वदेश फर्केमा असाध्यै कठिन अवस्थाको सामना गर्नुपर्ने प्रमाणित गर्न सकेमा यो भिसा प्राप्त हुन्छ ।

त्यस्तै अमेरिकामा कुनै अपराधको शिकार भएको खण्डमा यु भिसाको व्यवस्था गरिएको छ । यो भिसामार्फत पनि ग्रिनकार्डको बाटोमा जानसकिन्छ । शारिरिक र मानसिक रुपमा दुब्र्यवहारको शिकार भएकाहरुले पनि यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छन् ।

दुब्र्यबहारको शिकार हुनेहरु

यो श्रेणीमा महिलाबिरुद्धको हिंशासम्बन्धि ऐन अन्तरगत योग्य हुनसकिन्छ । अमेरिकी नागरिकका दम्पत्ति वा पूर्व दम्पत्ति, ग्रिनकार्ड वाहकका दम्पत्ति वा पूर्व दम्पत्ति, ग्रिनकार्डबाहकका बाबुआमा, अमेरिकी नागरिकका बाबुआमा, अमेरिकी नागरिकका छोराछोरीहरु उपेक्षित भएको खण्डमा वा दुब्र्यबहारको शिकार भएको खण्डमा पनि यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुनसक्छन् ।

क्युबाली समायोजन ऐन र हैटियन शरणार्थी आप्रवासन फेयरनेस ऐन मार्फत ग्रिनकार्ड पाएका क्युबाली र हैटियन ग्रिनकार्डवाहकका दुब्र्यबहारमा परेका दम्पत्ति र छोराछोरीहरु पनि यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन्छन् ।

भिसा लोटरी र अन्य श्रेणीहरु

डिभी लोटरीमार्फत अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्नेगरी आउन सकिन्छ । यो श्रेणीमा बार्षिक ५० हजारले भिसा पाउँछन् ।

क्युबाली समायोजन ऐनमार्फत क्युबाली, उनीहरुका दम्पत्ति र छोराछोरीहरुले ग्रिनकार्ड प्राप्त गर्नसक्छन् ।

रजिस्ट्री

अमेरिकामा सन् १९७२ देखि लगातार बस्दै आएका कागजपत्रविहिनहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्छन् । उनीहरु अहिले कागजपत्रविहिन भएको भएतापनि ग्रिनकार्ड प्राप्त गर्न कुनै बाधा पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com