सिन्धुपाल्चोकको जुगलमा एकसयभन्दा बढीमा कोरोना संक्रमणको आशंका


प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ गुम्बामा कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक ज्वरोको बिरामी भेटिएका छन् । कोरोना भाईरससंग मिल्ने लक्षण देखिएको भन्दै गाउँपालिकाले सहयोगका लागि प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ ।

सो क्षेत्रमा रुघा, खोकी र ज्वरोको बिरामीको संख्या आहिले सम्म एक सय भन्दा माथि पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले गएराती अबेर गरी पत्र प्राप्त भएकाले आगामि रणनिति बारे आज छलफल गरिने बताउनुभयो । यद्यपी, जिल्लास्थित स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी जुगल गाउँपालिकामा खटाईसकिएको दाहालको भनाई छ ।

विरामीको चीन यात्रा, त्यहाँको कुनै वस्तुसँग नजिक रहे नहेको अध्ययन गरी टोलीले परिक्षणका लागी काठमाडौं रिफर गर्ने तयारी गरेको छ । रुघा खोकी, अत्याधिक ज्वरो कोरोना भाइरसजस्तै अन्य इन्फ्लुन्जाको केही लक्षणमा समानता हुनाले त्रसित भने हुनु नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको औपचारिक नाम, अब कोभिड १९

४२ हजारभन्दा धेरैमा संक्रमण भएको कोरोना भाइरसको संक्रमणलाई अब औपचारिक नाम दिइएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमणको अवस्थालाई अब कोभिड १९ नाम दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसको अर्थ सन् २०१९ मा पत्ता लागेको कोरोना भाइरस रोग भन्ने हुन्छ । अर्थात् यो कोरोना भाइरस डिजिज २०१९ को छोटो रुप हो ।

कुनै समुह, देश, जनावर वा भूभागको उल्लेख हुनेगरी नाम नराख्नेमा आफूहरु सचेत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म ४३ हजार १ सय १ जना कोभिड १९ देखिएको छ । सोमबारमात्र कोभिड १९ बाट चीनमा १ सय ८ जनाको ज्यान गएको छ । चीनमामात्र मृत्यु हुनेको संख्या १ हजार नाघिसकेको छ ।

कोभिड १९ का लागि अबको १८ महिनामा भ्याक्सिन तयार हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म यसको कुनै उपचार पत्ता लागेको छैन तर चिकित्सिकहरुले पहिले रहेका औषधीहरु मिसाएर बिरामीको उपचार गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com