हृयारीले भने गोर्खालीले पुर्‍याएको योगदान कदरयोग्य छ


प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

नेपाल,बेलायत दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा बेलायतको लण्डनमा एक भव्य समारोहलाई सम्बोधन गर्दै बेलायती राजकुमार हेनरी अफ बेल्स ह्यारी र नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत र नेपालको आपसी सम्बन्धबारे भब्य चर्चा गरे ।
सोमबार सम्पन्न समारोहलाई सम्बोधन गर्दै हृयारीले नेपाली वीर, परिश्रमी र इमानदार भएको उल्लेख गर्दै बेलायतका लागि गोर्खालीले पुर्‍याएको योगदान कदरयोग्य भएको प्रशंसा गरे ।

समारोहमा सहभागी उद्योगमन्त्री जोशीले दुई देशको सम्बन्ध सुविचारित भएको भन्दै नेपालको समृद्धियात्रामा बेलायती सहयोगको अपेक्षा व्यक्त गरे ।

समारोहमा बेलायतका रक्षामन्त्री मार्क ल्याङ्स्टार, नेपालसम्बन्धी बेलायती सांसद समूहका अध्यक्षसहित बेलायती संसद सदस्यहरु, नेपाली सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायत सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरु सहभागी भएको जनाईएको छ ।
समारोहमा बेलायती राजकुमार हृयारीले १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको तस्वीर अनावरण गरेका थिए ।

हृयारीको सम्मानार्थ विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल भ्रमणकाक्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्नेकुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरे ।
आफ्ना पिता चार्ल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभएपनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनले बताए।

राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरे। ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर पिरो खसीको मासु खाएको क्षण स्मरणीय भएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com