‘कठै अख्तियार, नेकपासामु लम्पसार’


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् ।

तस्वीर: अनलाइनखबर

माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ लगायतका नारा लगाएका थिए । केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com