वुहानका नेपाली भन्छन्-‘नेताहरूको मानवता हराएछ’


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् । अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन । दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् । उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए ।

सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् । प्रधानमन्त्री केपी ओलीले नेपालीलाई तुरुन्त स्वदेश ल्याउन सम्बन्धित मन्त्रीहरूलाई दुईपटक निर्देशन दिइसके । प्रधानमन्त्रीका सल्लाहकारहरूले चिनियाँ पक्षको कुरा सुनेर ढिलाइ गरेको आरोप नेपाली विद्यार्थीको छ । उनीहरूले आफ्नो नाम सञ्चारमाध्यममा आउँदा पढाइमा असर गर्ने भन्दै खुला रूपमा बोल्न मानेनन् ।

विद्यार्थीले शनिबार ‘विनाशकाले विपरीत वुद्धि’ शीर्षकमा परराष्ट्रमन्त्री ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई सम्बोधन गरेर १८१ जनाका तर्फबाट सामूहिक पत्र पठाएका हुन् । ‘हामीले लगातार नेता र मन्त्रीलाई सम्झाउन खोज्यौं । तर आरामदायी सरकारी कोठामा जनताको करमा मस्तले बस्न पाएकाहरूलाई हाम्रो पीडा सुन्ने फुर्सदै भएन,’ पत्रमा उल्लेख छ, ‘यतिबेला नेपालमा साँच्चै मानवता छायामा परेको रहेछ । आफ्ना लागि सोच्दासोच्दा नेताहरूको मानवता हराएछ ।’ –अन्नपूर्ण पोस्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com