चीनमा कोरोनाको कारण शुक्रबार मात्र ८६ जनाको मृत्यु


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

चीनमा कोरोनाको कारण शुक्रबार मात्र ८६ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार मात्र ३३९९ जना नयाँ संक्रमित भेटिएको छ ।

चीनको ३१ प्रान्तमा फैलिएको कोरोना हुवई प्रान्त सबैभन्दा बढी प्रभावित छ । शुक्रबार मात्र उक्त प्रान्तमा ८१ जनाको मृत्यु भएको हो । अहिलेसम्म यो भाइरसको कारण ज्यान गुमाउने संख्या ७२२ पुगेको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको अनुसार २७ हजार बढी कोरोना भाइरसको कारण संक्रमित रहेका छन् ।

त्यस्तै ६ हजार बढीको स्वास्थ्य स्थिति नाजुक रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com