सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा गएराति अज्ञात समूहले आक्रमण गरेको छ ।  समूहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते भएका छन् । गएराती १ बजेको समयमा १०–१२ वटा मोटरसाइकलमा आएका समूहले एक्कासी प्रहरी चौकीमा ढुङगामुडा गरेको थिए ।

अज्ञात समुहको आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमीरेले जानकारी दिए ।

प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो । आक्रमणमा संलग्नमध्ये एक जना र दुइ मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी टोली तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राती नै घटनास्थलमा पुग्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com