कोरोना भाइरस संक्रमणको शंका लागेमा युएससीआईएसले अन्तरवार्ता वा बायोमेट्रिक नलिने


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

कोरोना भाइरस संक्रमणको शंका लागेमा युएससीआईएसले अन्तरवार्ता वा बायोमेट्रिक नलिने तथा नयाँ मिति दिने भएको छ । युएससीआईएसले आज एक सुचना जारी गर्दै यदि युएससीआईएसको अप्वाइन्टमेन्टका आएको कुनै व्यक्ति वा साथमा आएको व्यक्तिमाथि कोरोना भाइरस संक्रमणको शंका लागेमा युएससीआईएसले उक्त दिनको अप्वाइन्टमेन्ट रद्द गरेर नयाँ अप्वाइन्टमेन्ट दिने जनाएको छ ।

यदि अमेरिकाका कुनै पनि युएससीआईएसका कार्यालयमा अप्वाइन्ट लिएको व्यक्तिले बिरामी महसुस गरेको खण्डमा उक्त अप्वाइन्टमेन्टको मिति परिवर्तन गर्न युएससीआईएसले सुझाव दिइको छ । अप्वाइन्टमेन्टको नयाँ मिति लिंदा कुनै जरिवाना तिर्नु नपर्ने युएससीआईएसले जनाएको छ ।

यदि ज्वारो आउने, खोकी लाग्ने, रुघा लाग्ने, स्वास फेर्न मुस्किल हुने, टाउको दुख्ने, घाँटी दुख्ने भएमा कोरोना भाइरस संक्रमण भएको हुनसक्ने भएकाले यदि त्यस्तो लक्षण देखिएमा अप्वाइन्टमेन्ट सार्न युएससीआईएसले सुझाव दिएको छ ।

यसैबीच युएससीआईएसले चीनको बेइजिंग र गोन्जाओमा रहेका फिल्ड अफिसहरु बन्द गरेको छ । त्यहाँ अप्वाइन्टमेन्ट भएकाहरुलाई नयाँ अप्वाइन्टमेन्टको मिति दिएर सुचित गरिने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसका कारण आएको विशेष अवस्थाका कारण अमेरिकाबाहिर जान नसक्ने अवस्था आएमा आवेदकले आफ्नो भिसाको अवधि थप्नका लागि समेत आवेदन दिनसक्ने जनाइएको छ । विशेष परिस्थीतिबाट प्रभावितहरुलाई सहयोग गर्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com