अमेरिकामा काममा लगाउनुअगाडि बैध स्टाटस भए नभएको प्रमाणित गर्न अबदेखि अपडेटेड फर्म


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

आगामी मे १ देखि अमेरिकामा काममा लगाउनुअगाडि बैध स्टाटस भए नभएको प्रमाणित गर्न अपडेटेड फर्म प्रयोग गरिने भएको छ । काम गर्नका लागि योग्य भएको प्रमाणित गर्ने फर्म आई ९ प्रयोजनका लागि सार्वजनिक गरिसकिएको भएतापनि मे १ देखि भने अनिवार्य गरिएको छ ।

अप्रिल ३० सम्म भने रोजगारदाताले आई ९ फर्मको पुरानै संस्करण प्रयोग गर्न सक्नेछन् । नयाँ फर्ममा रोजगारदाताका तर्फबाट कसले आधिकारिक प्रतिनिधिकारुपमा काम गर्न सक्छ भन्ने विषय स्पष्ट पारिएको छ भने अन्य केही परिवर्तनहरु पनि गरिएको छ ।

त्यस्तै युएससीआईएसका वेवसाइट ठेगानाहरु पनि अपडेट गरिएको छ भने कागजी फर्म आई ९ अनुरोध गर्नका लागि नयाँ प्रकृयाहरुबारे पनि उल्लेख गरिएको छ । त्यस्तै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको गोपनियता नीति पनि अपडेट गरिएको छ ।

अमेरिकामा रोजगार दिइएको व्यक्तिको पहिचान र रोजगार प्रमाणित गर्न यो फर्मको प्रयोग गरिन्छ । अमेरिकामा काममा लगाइएको हरेक व्यक्तिका लागि सबै रोजगारदाताले फर्म आई ९ राम्रोसँग भर्न जरुरी हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिक होस् वा गैर नागरिक, जसलाई रोजगारमा लगाउँदा पनि यो फर्म भर्न अनिवार्य गरिएको छ । रोजगारदाता र कामदार दुबैले फर्म भर्न आवश्यक छ ।

फर्ममा कामदारले आफू काम गर्न कानुनी हैसियतले योग्य रहेको प्रमाणित गर्नुपर्छ भने वर्क परमिट लगायतका कागजातहरु समेत पेश गर्नसक्छ । रोजगारदाताले काममा लगाउनुअगाडि कामदार काम गर्न बैध हिसाबले योग्य भए नभएको जाँच गर्न अनिवार्य छ ।

यो फर्म भरेर युएससीआईएस वा अमेरिकी सरकारलाई पठाउने नभई रेकर्डका रुपमा रोजगारदाताले आफूसँग राख्नुपर्छ । यदि अमेरिकी सरकारका निकायबाट अनुरोध भएमा जाँचबुझका लागि ती फर्महरु उपलब्ध गराउनुपर्छ । अन्यथा रोजगारदातामाथि कारवाही हुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com