क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञ सुरु


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन आइतबारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं धनधान्याञ्चल महोत्सवको २२ बिधाका राष्ट्रिय खेलाडीहरुले उद्घाटन गरेका छन् । उनीहरुले रिमोटबाट पर्दा हटाएर औपचारिक रुपमा महायज्ञको शुभारम्भ गरेका हुन् । भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माणाधीन स्थलमा माघ २६ गतेसम्म आयोजना हुने महायज्ञको शुभारम्भ समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रमुख बाचक पण्डीत दिनबन्धु पोख्रेलसहित जिल्लाका राजनीतिक दलका प्रमुख, संघिय र प्रदेशसभा सदस्य, एवं जनप्रतिनिधिले दीप प्रज्ज्वलन गरी महायज्ञको शुभारम्भसँगै सफलताको कामना गरे ।

प्रमुख बाचक पोख्रेल, हास्यकलाकार श्रेष्ठ, आचार्य, धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल, राष्ट्रिय खेलाडी दीपक बिष्ट, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, भिक्षु मेत्तेय, संघिय सांसद कृष्णभक्त पोख्रेल, राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, बलराम पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञ उद्घाटन समारोहमा प्रमुख बाचक पोख्रेलले महायज्ञभर निःशुल्क बाचन गर्दै एक लाख ११ हजार १११ सहयोग गर्ने घोषणा गरे । उनको घोषणासँगै रङ्गशाला निर्माणका लागि विभिन्न व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । महायज्ञ उद्घाटन हुनुपूर्व भरतपुर महानगरपालिकाका २९ वडाबाट विभिन्न झाँकीसहित शोभायात्रा निकालिएको थियो । विभिन्न टोल सुधार संस्था, आमा समुहहरु, विभिन्न जातजातिका संस्कृति झल्कने शोभायात्रासहित ठूलो समूह रङ्गशाला निर्माणस्थलको महायज्ञ परिसर पुगेका थिए । धुर्मुससुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण हुन लागेको हो । रङ्गशाला निर्माणका लागि दुई अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । –रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com