चीनबाट आउने र १४ दिनभित्र चीन गएकाहरुलाई अमेरिकामा यात्रा प्रतिबन्ध, विमानस्थलबाट फर्काइने


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

कोरोना भाइरसबाट ३ सय भन्दा धेरैको ज्यान गएपछि अमेरिकाबाट चीनबाट अमेरिकामा आउने विदेशीहरुमाथि प्रतिबन्ध लगाएको छ । यदि कुनै व्यक्ति चीनबाट विभिन्न भिसामा अमेरिकामा आएको खण्डमा उसलाई अमेरिका प्रवेशमा रोक लगाएर फिर्ता पठाइनेछ ।

आइतबार बेलुका ५ बजेदेखि लागु हुनेगरी यो प्रतिबन्धको घोषणा गरिएको हो । अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका नजिकका नातेदारका हकमा भने यो लागु हुनेछैन । यदि चीनबाट आउने विमानमा अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र उनीहरुका नजिकका नातेदार रहेको खण्डमा उनीहरुलाई अमेरिकामा विभिन्न ७ वटा विमानस्थलमा अवतरण गराइनेछ ।

यदि चीनबाट सिधा उडानमा नआई अन्य देशहुँदै आएको तर विगत १४ दिनभित्र चीनमा गएको व्यक्तिमाथि पनि यस्तो प्रतिबन्ध लाग्नेछ ।

चीनबाट आउने अमेरिकी नागरिक , ग्रिनकार्डवाहक र उनीहरुका नजिकका नातेदारलाई न्युयोर्कको जोन अफ केनेडी, शिकागोको ओहेर इन्टरनेशनल एयरपोर्ट, सान फ्रान्सिस्को इन्टरनेशनल एयरपोर्ट, शियाटल टकोमा इन्टरनेशनल एयरपोर्ट, हवाइको डानियल के इन्टरनेशनल एयरपोर्ट, लस एन्जलस इन्टरनेशनल एयरपोर्ट र जर्जियाको हार्टसफिल्ड ज्याक्सन एटलान्टा इन्टरनेशनल एयरपोर्टमा पठाइनेछ । यसरी ती विमानस्थलहरुमा पठाइदा यात्रुले छुट्टै रकम भने तिर्नु नपर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि विगत १४ दिनमा चीनमा यात्रा गरेकाहरुलाई ती सात विमानस्थलमा अवतरण गराइने र विशेष स्वास्थ्य जाँच गरिने भएको छ । चीनको हुवेई वा अन्य प्रान्तको यात्रा गरेका र लक्षण देखिएकाहरुलाई अनिवार्य स्वास्थ्यजाँच गरिनेछ ।

चीनमा गएको तर कुनै हुवेईभन्दा बाहिर समय विताएको यात्रुका सन्दर्भमा लक्षण नदेखिएपनि ती सातवटा विमानस्थलमा अवतरण गराइनेछ । जेकजाँचपछि उनीहरुको गन्तब्यको टिकट बुक गरेर पठाइनेछ । तर उनीहरुले घरमा आफै स्वजाँच गर्नुपर्नेछ ।

अष्ट्रेलियाले यस्तै खालको प्रतिबन्ध लगाएलगत्तै अमेरिकाले पनि प्रतिबन्ध लगाएको हो । कोरोना भाइरसको संक्रमण अहिलेसम्म १४ सयभन्दा धेरैमा पुष्टी भइसकेको छ । अमेरिकामा मात्र नौजनामा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ ।

यसैबीच कैयन एयरलाइन्सहरुले अमेरिका र चीनबीचका उडानहरु रद्द गरिसकेका छन् । डेल्टा एयरलाइन्सले आइतबारदेखि लागु हुनेगरी अप्रिल ३० सम्म चीनसँगका सबै उडानहरु रद्द गरेको छ । अमेरिकन एयरलाइन्सले पनि चीनसँगका सबै उडान रद्द गरेको छ । युनाइटेड एयरलाइन्सले पनि कैयन उडानहरु रद्द गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com