२८ देशका एक हजार २४ सैनिक नेपालमा : पाँचखालमा ‘सैन्य अभ्यास’


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार  पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् ।

नेपालमा तेस्रोपटक हुँदै 

सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोगजंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो । अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिए । पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो ।

उक्त अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ । अमेरिकी कमान्डर ह्यारिस आइतबार काठमाडौं आइपुगेका छन् । ‘यो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि ल्याउनु रहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी आए, श्रीलंकाली फर्किए 

‘शान्ति प्रयास ३ अभ्यास’ का लागि अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका कमान्डर एड्माइरल हर्रे बी ह्यारिस आइतबार काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापाले स्वागत गरे । ६ दिनअघि आएका श्रीलंकाली सेनाप्रमुख डी सिल्वा आइतबार स्वदेश फर्किएका छन् । उनलाई सेनाको युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिदाइ गरे ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि अभ्यासमा

राष्ट्रसंघमातहत शान्ति स्थापक फौज पठाउने देशहरूमध्ये नेपाल छैटौँ स्थानमा छ । विश्वसनीयता र व्यावसायिकताका आधारमा नेपालको आग्रहमा यस्तो बहुपक्षीय अभ्यास हुन लागेको हो । हाल युएनमातहतका १५ वटा शान्तिस्थापक मिसनमा नेपाली सेनाका चार हजार ६ सय ६० जना खटिएका छन् । राणाका अनुसार स्टाफ ट्रेनिङ, फिल्ड ट्रेनिङ, रिजनल सेमिनार र क्रिटिकल इन्याबलर, क्यापासिटी इन्याब्लर गरी चारवटा विषयमा अभ्यास केन्द्रित हुनेछ ।

काठमाडौंबाट ४५ किलोमिटरको दूरीमा रहेको पाँचखालमा सेमिनारबाहेक सबै अभ्यास सञ्चालन हुनेछन् । यसपटक उक्त अभ्यासमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई–दुईजना सहभागी हुन लागेको महासेनानी राणाले बताए । उनीहरू पहिलोपटक सहभागी हुन लागेका हुन् । स्टाफ ट्रेनिङमा २६ देशका सेना सहभागी हुनेछन् भने फिल्ड ट्रेनिङका लागि २८ देशका सेना सहभागी हुनेछन् । महिला सैनिकको बेग्लै टिम यसमा सहभागी हुनेछ ।

कुन–कुन देश सहभागी हुँदै छन् ?

नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे«लिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत । नयाँ पत्रिका  .

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com