यी देशको यात्रा गर्दा अमेरिकन पासपोर्ट हुनेलाई पनि चाहिन्छ भिसा


प्रकाशित मिति : माघ १८, २०७६ शनिबार

अमेरिकी पासपोर्टवाहकले विश्वका १८४ देश विनाभिसा पनि यात्रा गर्न सक्छन् । ती देशहरुमा जानका लागि या त भिसाकै आवश्यकता पर्दैन, या ईभिसा लिन सकिन्छ या विमानस्थलमा नै भिसा दिने व्यवस्था गरिएको हुन्छ । तर केही यस्ता देशहरु पनि छन् जुन देशको भ्रमण गर्न अमेरिकी पासपोर्टवाहकले भिसा लिन जरुरी हुन्छ ।

अफगानिस्तान, अल्जेरिया र भुटान जानका लागि अमेरिकी पासपोर्टवाहकलाई भिसा लिन जरुरी हुन्छ । अझ भुटान जानका लागि त हरेक दिन कम्तीमा २५० डलर शुल्क समेत बुझाउनुपर्छ ।

त्यस्तै बुरुन्डी, क्यामरुन, चाड जानका लागि अमेरिकन पासपोर्टवाहकलाई भिसाको आवश्यकता पर्छ । त्यस्तै चीन जानका लागि पनि भिसाको आवश्यकता पर्छ तर चीनका कैयन विमानस्थलमा अमेरिकी पासपोर्ट हुनेहरुलाई ७२ देखि १४४ घण्टासम्मको ट्रान्जिट भिसाको समेत व्यवस्था गरिएको छ ।

त्यस्तै कँगो जानका लागि भिसा आवश्यक छ भने क्युबा जानका लागि पर्यटक कार्ड नै बनाउनुपर्छ । क्युबामाथि अमेरिकाले प्रतिबन्धहरु लगाएका कारण क्युबा जानु अगाडि राम्रोसँग बुझेरमात्र जान आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरिटेरिया, गाम्बिया, घाना, इरान, इराक जानका लागि पनि अमेरिकन पासपोर्टवाहकलाई भिसा आवश्यक छ । उत्तर कोरियाको भ्रमण गर्न भने अमेरिकी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको छ ।

लाइबेरिया जानका लागि भिसा लिनु आवश्यक छ भने लिबिया जानका लागि भिसा लिनुका साथै विमानस्थलमा कम्तीमा १ सय अमेरिकी डलर साटेको हुनुपर्छ । यदि तपाई विगतमा इजरायल जानुभएको छ भने वा तपाईसँग इजरायलको भिसा छ भने तपाईलाई लिविया प्रवेश गर्न दिइदैन ।

माली, नाउरु, नाइजर, नाइजेरिया, रसिया र सुडान जानका लागि पनि अमेरिकी पासपोर्ट वाहकले भिसा लिनु आवश्यक छ । सिरिया, तुर्कमिनिस्तान, भेनेजुएला, यमन जानका लागि पनि भिसा लिन आवश्यक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com