अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्ने मुख्य ५ गल्तीहरु


प्रकाशित मिति : माघ १८, २०७६ शनिबार

अमेरिकी नागरिकताको लागि आवेदन दिंदा सानो गल्तीले पनि आवेदनमा ढिलाई हुने वा आवेदन अस्वीकृत हुने सम्भावना रहन्छ । त्यसैले आवेदन दिंदा त्यस्ता गल्ती हुन नदिन सचेत हुनुपर्छ ।

युएससीआईएसले अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवेदकले गर्नसक्ने मुख्य गल्तीप्रति सचेत गराएको छ । जुन यसप्रकार छन् ।

१, तपाईले अमेरिकी नागरिकताका लागि एन ४०० आवदेन भरिसकेपछि पुन राम्रोसँग चेक गर्नुहोस् । धेरै आवेदकहरुले आफूलाई अन्तरवार्तामा सोधिने प्रश्नका लागिमात्र तयार पार्छन्, आवेदनमा सोधिएका प्रश्नहरुको पुनरावलोकन गर्न बिर्सन्छन् ।

२, यदि तपाईले अमेरिकी नागरिकसँग विवाह गरेर अमेरिकी नागरिकताका लागि आवेदन दिंदै हुनुहुन्छ भने तपाईले विवाहको प्रमाणपत्र र श्रीमान् वा श्रीमतीको अमेरिकी नागरिकताको प्रमाणपत्र वा अमेरिकी पासपोर्टको फोटोकपी पेश गर्नुपर्ने हुन्छ । कतिपयले यी प्रमाणहरु पेश गर्न बिर्सेर ग्रिनकार्डकोमात्र प्रमाण पठाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३, गलत शुल्क पठाउँदा पनि आवेदन अस्वीकार हुने र लामो समय लाग्ने हुनसक्छ । त्यसैले उचित शुल्क पठाउनेतर्फ ख्याल गर्नुहोस् । अहिलेको अवस्थामा ८५ डलर बायोमेट्रिक शुल्कसहित ७२५ डलर शुल्क बुझाउनुपर्छ । यद्यपी अमेरिकी सरकारले यो शुल्क बढाएर ११७० बनाउने योजना बनाएको छ ।

४, तपाईले प्रारम्भिक अन्तरवार्ता दिनेक्रममा युएससीआईएसले थप कागजात पनि माग्नसक्छ । पछिको कुनै मितिमा पेश गर्नका लागि तपाईलाई मौका दिइन्छ । ती कागजातहरु तपाईले तोकिएको समयभित्र बुझाउनुपर्छ । नत्र तपाईको आवेदनमा ढिलाई हुनसक्छ ।

५, कतिपय आवेदकले नागरिकताको लागि योग्य हुनुभन्दा अगाडि नै आवेदन पठाउने गर्छन् । तपाईले ग्रिनकार्ड प्राप्त गरेको ५ बर्ष पुरा भएको हुनुपर्छ भने ५ बर्षको अवधिमा कम्तीमा ३० महिना अमेरिकाभित्र बसेको हुुनुपर्छ । साथै एकपटकमा अमेरिकाबाहिर गएर ६ महिनाभन्दा बढी बसेको हुनुहुँदैन । युएससीआईएसले ४ बर्ष ९ महिना पुरा भइसकेपछि पनि आवेदन स्वीकार्न थाल्छ ।

याद गर्नुहोस्, अमेरिकी नागरिकताको अन्तरवार्तामा जाँदा अँग्रेजी र सिभिक टेस्ट उत्तिर्ण गर्नका लागि प्रयाप्त तयारी गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com