बोराको थुप्रोले किच्दा भैरहवामा एकै परिवारका ४ जनाको मृत्यु


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

रुपन्देहीको भैरहवामा बोराको थुप्रोले किचेर एकै परिवारका चारजनाको ज्यान गएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका- ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरु बिहिबार मृत अवस्थामा फेला परेका हुन् ।

ज्यान गुमाउनेमा भारतको बिहारका ३० वर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ वर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुन रहेका छन् । घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर खस्दा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीका अनुसार हुसेन परिवारले विगत १५/२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com