अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवारबीच ब्लुमबर्ग चौथो स्थानमा

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवारबीच धनाढ्य ब्यापारी माइकल ब्लुमबर्ग चौथो स्थानमा आएका छन् । चुनावी अभियानका क्रममा गरिएको विज्ञापनमा अहिलेसम्म २ सय ७० मिलियन खर्च गरिसकेका ब्लुमबर्ग चौथो स्थानमा आएको मंगलबार सार्वजनिक एउटा पोलले देखाएको छ ।

पोल अनुशार सबैभन्दा पहिलो स्थानमा पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन रहेका छन् भने दोश्रोमा सिनेटर बर्नी स्याण्डर्स रहेका छन् । त्यस्तै तेश्रोमा सिनेटर एलिजाबेथ वारेन रहेका छन् ।

Loading...

पोल अनुशार ब्लुमबर्गले रजिस्टर्ड डेमोक्र्याटमध्ये १२ प्रतिशतको समर्थन प्राप्त गरेका छन् । उनले पिट बुटाजजलाई उछिनेका छन्, जसले जम्मा ७ प्रतिशतमात्र प्राप्त गरेका छन् ।

बाइडेनले २९ प्रतिशत, स्याण्डर्सले २३ प्रतिशत र वारेनले १४ प्रतिशत रजिस्टर्ड डेमोक्र्याटको समर्थन प्राप्त गरेका छन् । गत महिनाको तुलनामा ब्लुमबर्गको समर्थन दोब्बरले बढेको छ ।

Loading...

अश्वेत मतदाताबीच पनि ब्लुमबर्गको लोकप्रियता बढेको छ । यो सर्वेक्षण जनवरी २० देखि २६ सम्म झण्डै १८ हजार डेमोक्रेटिक मतदातामाझ गरिएको थियो ।

 

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com