सस्तोमा आइफोन दिलाउने र अमेरिकाको भिसा लगाइदिने भन्दै ठग्नेहरु पक्राउ


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

सस्तोमा आइफोन दिलाउने र अमेरिकाको भिसा लगाइदिने भन्दै अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा गढीमाई नगरपालिका ३ पिप्राविर्ता घर भई पर्सा बीरगंज महानगरपालिका(१५ ब्रह्मचोक बस्ने २९ वर्षीय रोशन सिंह, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सा सोही महानगरपालिका डेरा गरि बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन् ।

उनीहरुले सामाजिक संजालहरुबाट क्लब फ्याक्ट्री अनलाइन सपिंग एप खोली आईफोन कम मूल्यमा पठाउने तथा अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत लगाई दिने जस्ता झुठ्ठा आश्वासन दिने गरेका थिए ।

सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com