किर्ते हस्ताक्षर गरी सामूहिक राजीनामाकाे हल्ला !


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

नयाँ शक्ति पार्टी, नेपालमा आबद्ध रहेका मलेसियाबाट २६ जनाले सामूहिक राजीनामा दिएको भन्ने समाचार झुठो भएको अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका संयोजक नर सुनुवारले केही अनलाइनमा २६ जनाकाे सामूहिक राजिनामा दिए भन्ने समाचार झुटाे भएकाे विज्ञप्ति मार्फत  जानकारी गराएका हुन् । राजु ढुंगाना लामो समययता सम्पर्कमा नरहेको विज्ञप्तिमा उल्लेख छ ।

ढुंगानाले पार्टी हित विपरीत काम गरेकाले आवश्यक कारबाहीका लागि केन्द्रिय अनुशासन आयोगमा छानबिनको विषय विचाराधीन रहेको कुरा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएकाे छ  ‘करन तामाङ, कमल बस्नेत र दुर्गा थापाको राजीनामाको नाममा किर्ते हस्ताक्षर गरिएकाे छ भने  ढुंगानासहित एस.के. भट्टराई, दीपक सुनाखरी, मनोज केसी लामो ७ महिना यता निष्क्रिय रहेको  र  अन्य नयाँ शक्तिको सदस्यता नै हाेइनन् ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com