अब आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि अनलाइनबाटै आवेदन


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ ।

१ – सुरुमा आई १३० नामको फर्म भर्नुपर्छ । अहिले यो फर्म अनलाइनबाटै समेत भर्न सकिन्छ । अनलाइनबाट फर्म भर्न तपाईले युएससीआईएसमा अनलाइन एकाउन्ट बनाउनुपर्छ । अनलाइन एकाउन्ट बनाउन यहाँ क्लिक गर्नुहोला । 

२ – माथिको लिंकमा गएर तपाईले एकाउन्ट बनाइसकेपछि तपाईले माइ युएससीआईएसमा क्लिक गरेर आफूले फाइल गर्ने आवेदनको छनौट गर्नुपर्छ ।  फर्म भर्ने तरिका र लाग्ने शुल्कबारे  यहाँ  सिकाइएको छ । फर्म भर्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोला

३ – तपाईले आफ्नोबारेमा, आफ्नो परिवारको बारेमा, जसको लागि फर्म भर्न लागिएको हो उक्त व्यक्तिको बारेमा, उक्त व्यक्तिको परिवारको बारेमा विभिन्न विवरणहरु भरिसकेपछि उक्त फर्म अनलाइनबाट नै पठाउन सक्नुहुनेछ । शुल्क पनि तपाईले अनलाइनबाटै तिर्न सक्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४- उचित शुल्क सहित फर्म अनलाइनबाटै पठाइसकेपछि तपाईले युएससीआईएसबाट आई ७९७ नामको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रमा प्राथमिकता मिति उल्लेख गरिएको हुन्छ ।

दाजुभाई तथा दिदीबहिनीहरुका लागि ग्रिनकार्ड फाइल गर्दा निम्न कागजातहरु सब्मिट गर्नुपर्ने हुन्छ :

-आई १३० फर्म । यो फर्म अनलाइनमा भरेर अनलाइनमा नै सब्मिट गर्न सकिन्छ । तपाईले दिदीबहिनी वा दाजुभाईका दम्पत्ति वा २१ बर्षमुनीका छोराछोरीका लागि छुट्टै फर्म भर्नु आवश्यक छैन ।

-तपाईको जन्मदर्ता प्रमाणपत्र र तपाईका दाजुभाई तथा दिदीबहिनीको जन्मदर्ताको प्रमाणपत्र । यो प्रमाणपत्रमा बाबु वा आमामध्ये एउटा दुबैको एउटै देखिनुपर्छ । यो कागजातको फोटो खिचेर वा स्क्यान अनलाइनबाट सब्मिट गर्न सक्नुहुन्छ ।

-तपाई अमेरिकी नागरिक हुनुको प्रमाण । जस्तै, अमेरिकी पासपोर्टको फोटोकपी वा नागरिकताको प्रमाणपत्र । यो कागजातको फोटो खिचेर वा स्क्यान अनलाइनबाट सब्मिट गर्न सक्नुहुन्छ ।

-यदि तपाईको बुबा एउटै हो र आमा फरक फरक छन् भने बुबाको हरेक आमासँग विवाहको प्रमाणपत्र र पहिले गरिएको सम्बन्धविच्छेदको कागजात पेश गर्नु आवश्यक हुन्छ । यो कागजातको फोटो खिचेर वा स्क्यान अनलाइनबाट सब्मिट गर्न सक्नुहुन्छ ।

अनलाइनबाट एप्लीकेशन बुझाइसकेपछि तपाईले सबै रेस्पोन्स अनलाइनबाटै पाउनुहुनेछ । यद्यपी पत्र तपाईको ठेगानामा पनि प्राप्त हुन्छ । तर यो पत्र अनलाइनबाटै डाउनलोड गर्न सक्नुहुन्छ । थप कागजात मागेको खण्डमा पनि अनलाइनबाटै अपलोड गर्न सक्नुहुन्छ । अनलाइनमा स्थीति हेर्न, युएससीआईएसमा सम्पर्क गर्न पनि सक्नुहुनेछ ।

तपाईका दाजुभाई वा दिदीबहिनी अमेरिकाबहिर रहेको खण्डमा दूतावासको कन्सुलर अफिसमार्फत आप्रवासी भिसा प्रदान गरिन्छ ।

याद गर्नुहोस् फर्म भर्दा नाता, तपाईको नाम, जन्ममिति, ठेगाना, बैबाहिक स्थीति तथा जसको लागि आवेदन दिइएको हो उसको पूरा नाम, जन्ममिति, भौतिक ठेगाना र बैबाहिक स्थीति स्पष्ट खुलाएर मिति लेख्न नभुल्नुहोला ।

युएससीआईएसबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com